१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

करातेमा प्रदेश २ च्याम्पियन

प्रतियोगितामा प्रतिस्पर्धा गर्दै महिला खेलाडी। तस्बिर : टंक/नागरिक

सर्लाही - सर्लाहीको लालबन्दीमा सम्पन्न फस्ट लालबन्दी अल नेपाल फुल कन्ट्याक्ट कराते  च्याम्पियननसिप २०७६ मा प्रदेश २ प्रथम भएको छ।

१३ स्वर्णमध्ये आठ स्वर्ण प्रदेश २ का खेलाडीले जितेका छन्। प्रदेश  २ का ८ मध्ये सर्लाहीकै ७ खेलाडीले स्वर्ण पदक हात पारेको आयोजक नेपाल क्युकोसिन कान कराते संघ सर्लाहीका सचिव आशिशबाबु दाहालले जानकारी दिए। त्यस्तै बागमती प्रदेशका ३ खेलाडी एवं गण्डकी प्रदेशका दुई खेलाडी स्वर्ण हात पार्न सफल भएका छन्। प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडीले भने रजत र कांस्य पदकमै चित्त बुझाए।

प्रतियोगितामा उत्कृष्ट पुरुष खेलाडी बागमती डोजोका सागर राई तथा महिला खेलाडी काठमाडौं डोजोकी युनिका शेरचन भए।  प्रतियोगितामा प्रदेश १ बाट २३, प्रदेश २ बाट १ सय २०, बागमती प्रदेशबाट २३, गण्डकी प्रदेशबाट ९, प्रदेश नं. ५ बाट ३०, कर्णालीबाट २५ र सुदूरपश्चिम प्रदेशबाट १५ खेलाडी सहभागी थिए।

प्रकाशित: ५ फाल्गुन २०७६ ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App