१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आगलागीबाट रौतामाईमा लाखौंको क्षति

उदयपुर- उदयपुरमा भएको आगालगीबाट एक स्थानीयको लाखौंको घर र धनमाल नष्ट भएको छ। जिल्लाको रौतामाई गाउँपालिका ४ नचनेस्थित जितबहादुर मगरको घरमा दुई दिनअघि अचानक लागेको आगोबाट फुसको छाना भएको दुईतले घर, भान्सा घर र गाई गोठ जलेर नष्ट भएको हो।

जिल्ला प्रहरीका अनुसार घरमा कोही नभएका बेला लागेको आगोले घरभित्र रहेका सम्पूर्ण अन्नपात, लत्ताकपडा, भाँडावर्तन, फर्निचर र नगद तथा जिन्सीलगायत सामान जलेर क्षति पुगेको छ। घटनाको खवर पाएलगत्तै इलाका प्रहरी कार्यालय भुटारबाट गएको टोलीले स्थानीयको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो।

प्रहरीले घटनास्थलको सर्जमिन मुचुल्का गरी सम्बन्धित कार्यालयलाई जानकारी दिँदै राहत तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन र नेपाल रेडक्रस सोसाईटी तथा गाउँपालिका कार्यालय पठाएको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। आगलागीबाट मगरको ६ लाख बराबरको क्षति भएको ठहर भएको र आगलागी हुनुको कारण खुल्न नसकेको उनले बताए।

प्रकाशित: ४ फाल्गुन २०७६ १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App