२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ढाका टोपी ढल्काउँदै मनाइयो टोपी दिवस

काठमाडौं–आइतबार सबेरै काठमाडौंको माइतीघर क्षेत्रमा टोपी बचाउ अभियानमा लागेका युवाहरुको बाक्लो उपस्थिति देखिन्थ्यो। उपस्थित भएका सबैले शीरमा ढाकाटोपी ढल्काएका थिए। उपस्थित युवाहरुले व्यक्तिको परिचय नागरिकता भएजस्तै राष्ट्रको परिचय ढाका टोपी भएकोले यसलाई बचाउनतर्फ सबैको ध्यान केन्द्रित गराएका थिए।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रुपमा मनाउँदै आएको युवाहरुको समूह जागरुक युवा अभियान नेपालले तीन वर्षदेखि टोपी बचाउ अभियान  चलाउँदै आएको छ ।

ढाकाटोपी, दौरासुरुवाल पहिरिएका युवाहरु विहान ७ बजे माइतीघरमा भेला भएर झण्डा फहराउँदै  माइतीघरदेखि वानेश्वरसम्म र्याली निकालेका थिए। भेलामा अधिकांश युवा थिए भने थोरैमात्र पाका पुस्ताको सहभागिता देख्न सकिन्थ्यो। र्यालीमा उपस्थित भएका सबैले दौरा, सुरुवाल र टोपीलाई नेपाली पोशाकका रुपमा लिने गरिए पनि पछिल्लो समय यसलाई नेपाली पोशाकको सूचिबाट राज्यले हटाइएको भन्दै संविधान संशोधनमा यो विषयलाई पनि उठाउनुपर्ने माग समेत रोखेका थिए ।

‘हरेक देशको आ–आप्mनै पहिचानजन्य पोशाक हुन्छ,’ ¥यालीमा उपस्थित नुवाकोटका ७० वर्षीय रामकृष्ण भट्टले भने, ‘तर अहिले हामीसँग कुनै पहिचान नै छैन, राष्ट्रिय पहिचान नै संकटमा पर्न थाल्दा पनि सरकार मौन छ ।’

ढाका टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्ने,बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्ने र सवैभन्दा तलको समथर भागले तराईको प्रतिनिधित्व गर्ने जागरुक युवा अभियान नेपालका सदस्य तथा युवा भएर पनि कहिल्यै टोपी शीरमा नछुटाउने व्यक्ति ज्ञानमणि नेपालले बताए।

‘नेपाली टोपीले सबै जाति तथा क्षेत्रको प्रतिनिधित्व गर्छ, तसर्थ नेपाली टोपी नेपाली पहिचानका रुपमा घोषणा गर्न हामी जोडदार  माग गर्छौ,’ उनले भने,  ‘ढाकाटोपी, कालोटोपी, भाद्गाउँले टोपी लगायत यी र यस्तै आकारप्रकारका विविध सामुदायिक टोपीहरु यस अन्तर्गत नै पर्छन्।’ ‘हाम्रो शान, हाम्रो पहिचान’ भन्ने नाराका साथ मनाइएको चौथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसमा कार्यक्रममा नेपाली टोपीमा सजिएर सय भन्दा धेरै व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सबै तस्बिर : प्रबिन काेइराला

 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App