१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आइसल्याण्डलाई पराजित गर्दै फ्रान्स अन्तिम चारमा

आयोजक फ्रान्स आइल्याण्डलाई पराजित गर्दै युरोकप २०१६ को अन्तिम चारमा प्रवेश गरेको छ।
गए राती स्टाडे फ्रान्स स्टेडियममा सम्पन्न अन्तिम क्वाटरफाइनल ५—२ गोलको अन्तरले पराजित गर्दै युरोकप २०१६ को सेमिफाइनला प्रवेश गरेको हो। खेलको पुरा समय बल आफ्नो नियन्त्रणमा लिएको फ्रान्सले खेलको १२ र्औ मिनेटमा नै ओलिभर जिरउडको गोल बाट अग्रता लिएको थियो। त्यसको ७ मिनेट पछि नै  पाउल पोग्वाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए। खेलको ४२ औ मिनेटमा दिमित्रि पयेट र ४५ आ मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा ४—० को अग्रता दिलाए।
दोस्रो हाफको ५३ औ मिनेटमा आइसल्याण्डका र्बिकिर बिर्आर्नेसनले गोल गर्दै  खेल ४—१ को अवस्थामा ल्याए। ले गोल गर्दैअन्तिम चारमा प्रवेश गरेको छ। खेलको ५८ औ मिनेटमा जिरउडले गोल गर्दै फ्रान्सलाई ५—२को अग्रता दिलाए। खेलको ८४ औ मिनेटमा बिर्आर्नेसनले गोल गर्दै खेललाई ५—२ को अवस्थामा ल्याएपनि त्यो आइसल्याण्डलाई खेलमा र्फकाउन प्रयाप्त भएन। जारी युरोकपमा यो नै फराकिलो अन्तरको जित हो।
फ्रान्सले सेमिफाइनलमा विश्वविजेता जर्मनीको सामाना गर्ने छ।

 

प्रकाशित: २० असार २०७३ ०१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App