२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

महिलातर्फ सुखद नजिता

पोखरा - आइटिएफ विश्व वरीयता जुनियर यु–१८ टेनिस प्रतियोगिता अन्तर्गत नेपालकी  प्रेरणा कोइराला र अभिलाषा विष्टले बुधबार जित निकालेका छन्। कोइरालाले पोखरा रंगशालास्थित टेनिस कोर्टमा जापानकी केइदे हातानोलाई सोझो सेटमा पराजित गर्ने क्रममा ६–१, ६–२ ले पन्छाइन्।

विष्टले पनि महिलातर्फ नै जितको खुुसी मनाउने क्रममा भारतीय खेलाडी मिली चुगलाई सोझै सेटमा पराजित गरिन्। उनले ६–३, ६–२ को नतिजा निकालेकी थिइन्। सलोनी तामाङले हङकङकी एरिका कामना हागीलाई ६–२, ६–३ ले पराजित गरिन्। जापानी खेलाडी आइका नागासावाले भारतीय खेलाडी रिया उबोभेजालाई ६–३, ६–४ को सेटमा पराजित गरिन्। चिनियाँ खेलाडी हुवाई चाङले भारतीय खेलाडी हर्दिया शालाई ६–२, ४–६, ६–४ को सेटमा पराजित गरिन्। चीनकी सुहाङ लियाङले मलेसियन खेलाडी हुई इल सुलाई ७–५, ७–५ को सेटमा पराजित गरिन्। त्यसै गरी अर्को खेलमा भारतीय खेलाडी गर्गी परवरले नेपालकी सर्वानी श्रेष्ठलाई ६–०, ६–१ को सेटले किनारा लगाइन्।

पुरुषतर्फको प्रतिस्पर्धामा अमन दहियाले हेडन खु मेननलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गरे। भारतीय खेलाडी जैसिभिन सिद्नाले रोह्य मियाकीलाई ६–१, ६–१ को सेटमा पराजित गरेका छन्। यसै गरी जापानी सातोरु नाकाजिमाले भारतीय खेलाडी हिरक भोरालाई ६–३, ६–० को सोझो सेटमा पन्छाए। भारतीय खेलाडी आर्यन लक्ष्मणले भारतकै अदित्यवरदान रोय चौधरीलाई ७–५, ७–५ को सेटमा पराजित गरेका थिए। भारतीय खेलाडी कृष्ण होडाले हङकङका म्याक्स सुन हाङ वाकलाई ६–१, ६–२ ले पराजित गरे। जर्मनीका पाउल अर्मिन अल्ब्रक्टले फ्रान्सका लुकास फन्तलालाई ६–२, ६–४ को सेटमा पराजित गर्दा जापानका शोगो सान्डाले भारतीय खेलाडी प्रान्जल तिवारीलाई ३–६, ६–०, ६–२  ले पराजित गरे।

पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा भारतीय खेलाडी अदित्यवरदान रोय चौधरी र जैसभिन सिन्दाको जोडीले नेपालका सम्यक वज्राचार्य र आर्यन गिरीको जोडीलाई ६–३, ६–४ को सेटमा पराजित गरेका थिए। त्यसै गरी जापानका सातुरो नाकाजिमा र सोगो सान्डाको जोडीले मलेसियाका हेडन खु मेनन र जापानी खेलाडी रोहिई मियाकीको जोडीलाई ६–१, ७–५ को सेटमा पराजित गरेका हुन्। महिला डबल्सतर्फको प्रतिस्पर्धामा चीनकी केतिङ चेन र नेपालकी प्रकृति श्रेष्ठको जोडीले मलेसियाकी हुई इल सु र नेपालकी सलोनी तामाङको जोडीलाई ६–२, ६–३ को सेटमा पराजित गरेको कास्की जिल्ला टेनिस संंघका सल्लाहकार एवं प्रतियोगिताको संयोजक सूर्य भुजेलले बताए।

प्रकाशित: १ फाल्गुन २०७६ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App