१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'राष्ट्रघाती एमसिसीबिरुद्ध लडिरहन्छु'

मकवानपुर – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) षडयन्त्रमुलक राष्ट्रघाती रहेको भन्दै सम्झौताविरुद्ध डटेर लाग्ने बताएका छन्। बौद्धिक समाज मकवानपुरले सोमबार हेटौंडामा आयोजना गरेको एमसिसी सम्झौता र नेपालको पश्चिमी सीमा विषयक अन्तरक्रियामा बोल्दै उनले एमसिसी सम्झौता देशहित प्रतिकूल रहेको जिकिर गरे।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालगायतले संसदबाट अनुमोदन गराउने बताइरहँदा सत्ताधारी नेकपाकै उच्च नेताले एमसिसीको विरोध गरेका हुन्। ‘एमसिसीमा सैन्य गठबन्धन स्पष्ट रूपमा उल्लेख गरेको छैन,’ उनले भने, ‘तर पहिलो प्राथमिकता नै सुरक्षा रहेकाले सम्झौताको बुँदामा नभए पनि सैन्य गठबन्धन गर्नुपर्ने हुन्छ।’

चिनको बेल्ट एण्ड रोड इनिसेयटिभ(बिआरआइ) परियोजनाको तुलनामा एमसिसी अमेरिकी स्वार्थपूर्तिका लागि ल्याइएको भन्दै उनले छिमेकी चिनलाई घेराबन्दी गर्ने रणनीतिका रूपमा एमसिसी ल्याइएको दाबी गरे। ‘४ सय किलोभोल्ट(केभी)को विद्युत प्रशारण लाइन बनाउने अमेरिकी योजना नै षडयन्त्रमूलक छ,’ उनले भने, ‘नेपाल–भारत विद्युत् प्रशारण लाइन पर्याप्त छ, तर किन विद्युत् प्रशारण लाइन भनेको त मिसाइल चार्ज गर्न ४ सय केभी नै चाहिन्छ रे।’

एमसिसीको अन्तरवस्तु हेर्दा भयाभह रहेको बताउँदै उनले पार्टीभित्र सम्झौता गलत भएकाले कुरा उठाएको बताए। ‘एमसिसीले नेपालको ५ सडक फराकिलो बनाइदिने र विद्युत प्रशारण लाइन बनाइदिने लक्ष्य दिएको छ,’ उनले भने, ‘तर सम्झौतालाई संसद्ले पारित गरेपछि

नेपाल सरकारको बजेट, ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरण, योजना आयोग कहिँकतै कार्यक्रम नरहेको विद्युत् प्रशारण लाइन निर्माण अचानक एमसिसीको परियोजनामा रहनु आश्चर्यजनक रहेको उनको भनाइ छ। अमेरिकी अधिकारीले नेपालको संसद्बाट एमसिसी अनुदान सम्झौता पारित गराउन पहल गरेका बेला सत्ताधारी नेकपाका नेता पोखरेलले मुख्य कार्यक्रम नै अनुपात्दक समेत रहेको बताए।

पूर्वसांसद एवं राजदूत हिरण्यलाल श्रेष्ठले एमसिसी नेपाल र नेपालीका लागि फाइदाजनक नरहेकाले कुनै पनि हालतमा संसद्ले पारित गर्न नहुने बताए। ‘इन्डो प्यासिफिक संस्थाबाट नै एमसिसी निर्देशित छ,’ उनले भने, ‘त्यसैले कुनै पनि हालतमा संसद्बाट पारित गर्नु हुँदैन।’

सहयोग रकम आउने देखिए पनि नेपाली स्वाभिमानलाई ठेस पुग्ने भन्दै उनले एक चीन नीतिविरुद्धमा नेपाललाई लैजान सक्ने भएकाले छिमेकीप्रति गम्भीर हुनुपर्ने बताए। चिनलाई घेर्न बिआरआईविरुद्धमा एमसिसी ल्याएको भन्दै उनले एमसिसीको रणनीतिले नेपाल स्वाधीन हुन नदिने दाबी गरे।

‘नेपाललाई शक्तिशाली देशको भिड्ने मैदान बनाउने तयारी भइरहेको छ,’ उनले भने, ‘युद्धको अखडा बनाउन हामीले दिनुहुन्न, नेपालको असंग्लनताको सिद्धान्त, असल छिमेकी नीतिको समेत विरुद्धमा एमसीसी छ।’ यसैबीच, नेपाली भूमी लिम्पियाधुरा–कालापानीमा भारतले हेपेर सेना राखेको भन्दै उनले सुगौली सन्धीअनुसार भूमि फिर्ता नगरे भारतीय सेनामा रहेका नेपालीलाई फिर्ता बोलाउने चेतावनी दिनुपर्ने बताए।

प्रकाशित: २९ माघ २०७६ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App