१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

तरुण दल डडेल्धुराद्वारा प्रधानमन्त्री र अख्तियार प्रमुख आयुक्तको पुत्ला दहन

आइतबार नेपाल तरुण दल डडेल्धुराले जिल्ला सदरमुकाममा गरेको प्रदर्शनमा प्रधानमन्त्री ओली र अख्तियार प्रमुख आयुक्तको फोटो राखी पुत्ला दहन गर्दै तरुण दलका युवाहरु ।

डडेल्धुरा- ललिता निवास जग्गा प्रकरणमा आफ्ना पार्टी नेता विजयकुमार गच्छदारलाई षड्यन्त्र पूर्वक फसाइएको भन्दै नेपाल तरुण दल डडेल्धुराले प्रदर्शन गर्दै प्रधानमन्त्री केपि शर्मा ओली र अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेको पुत्ला दहन गरेको छ। नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले भ्रष्टाचारका विरुद्ध आईतबार देशै भर आयोजना गरेको प्रदर्शनका कार्यक्रम अन्तरगत अख्तियारले निष्पक्ष रुपमा छानबिन नगरेको भन्दै प्रधानमन्त्री ओली र अख्तियार प्रमुख आयुक्त घिमिरेको  पुत्ला दहन गरेको हो।

बालुवाटारस्थित ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेदभाव पूर्ण निर्णय गरेको भन्दै तरुण दल डडेल्धुराले प्रधानमन्त्री ओली मुर्दावादका नारा लगाउदै अख्तियार प्रमुख आयुक्त घिमिरेको राजिनामा माग गर्दै र्‍याली निकाली जिल्ला सदरमुकाम बागबजारको भिमदत्त चोकमा पुत्ला दहन गरेको हो।
नेपाली कांग्रेस पार्टी कार्यालयबाट निकालिएको र्‍याली बसपार्क हुँदै भिमदत्त चोकमा पुगी कोणसभामा परिणत भएको थियो। कोणसभालाई कांग्रेस जिल्ला कमिटी सभापती एवं सुदूरपश्चिम प्रदेश सांसद कर्णबहादुर मल्लले सम्बोधन गरि रहदा तरुण दलका युवाहरुले प्रधानमन्त्री ओली र अख्तियार प्रमुख आयुक्त घिमिरेको पुत्ला दहन गरेका थिए। पुत्दा दहन गर्दै गर्दा नेपाल प्रहरीले पुत्लामा लगाईएको आगो निभाएका थिए।

कोणसभा लाई सम्बोधन गर्दै तरुण दल डडेल्धुरा सभापती शेरबहादुर साउदले घटनाको सत्य तथ्य छानविन गरी दोषि लाई कानुनी कारकबाहीको माग गरे। सत्तामा रहेकालाई अख्तियारले कानुनी प्रक्रिया नपुर्‍याई उन्मुक्ति गरि विपक्षि दलका नेतालाई मात्र दोषी बनाई कानुनी कटघरामा उभ्याउने काम गरेको उनको आरोप छ। जग्गा फिर्ता गर्नेलाई सरकार र अख्तियारको मिलोमतोमा छोड्ने र विपक्षी दलका नेतालाई कानुनी प्रत्रिया अघि बढाउने काम भएकाले दोषी सबैलाई कानुनी कटघरामा उभ्याई कारबाही गरिनु पर्ने उनको माग थियो।

भ्रष्टाचारीलाई उन्मुक्ति दिईनु हुँदैन। उनले भने, सरकार, सत्ता साझेदार र नेकपा भएकै कारण दोषीलाई कारबाही नगर्ने र विपक्षी नेतालाई मात्र कारबाही गरिनु दुःखद हो। यसले एकातिर भ्रष्टाचारीलाई उन्मुक्ति दिएको छ भने अर्कातिर सुशासनको आभाष स्थानीयलाई गराउन नसकेको उनले बताए।

संविधान पिता स्वं नेता शुसिल कोईरालाको स्मृती दिवस मनाईयो
नेपाली कांग्रेस डडेल्धुराले आईतबार स्वं नेता शुसिल कोईरालाको स्मृती दिवस पनि मनाएको छ। शनिबार परेको पाँचौ स्मृती दिवसमा संविधान पिता तथा नेपाली कांग्रेस केन्द्रिय सभापती एवं प्रधानमन्त्री स्वं शुसिल कोईराला लाई सम्झदै कांग्रेस डडेल्धुराले उनको तस्बिरमा अबिर चढाई पुष्पगुच्चा अर्पण गरेको थियो। संघिय सरचनाको निर्माणका लागी स्वं नेता कोईरालाले संविधान लागु गर्न महत्वपुर्ण योगदान गरेको सम्झदै कांग्रेस नेता कार्यकर्ताले उनको योगदानको उच्च कदर रहेको औल्याएको थिए।
 

प्रकाशित: २६ माघ २०७६ १०:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App