१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

१६ थान प्रतिबन्धित लागूऔषधसहित दुई पक्राउ

उदयपुर- उदयपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। बिहीबार मध्यान्ह १२ बजेर ३० मिनेटमा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले त्रियुगा-१३ असारीमा नियमित चेकजाँचको क्रममा प्रतिबन्धित लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा त्रियुगा-१२ पुरानो गाईघाटका २० वर्षीय विकास कटुवाल र त्रियुगा-११ का २५ वर्षीय सुबास धमला रहेका छन्। उनीहरुको साथबाट स्टागन नामक लागूऔषध ४ थान (एम्पुल), मरपियम ४ एम्पुल, हिस्टानिल ४ एम्पुल र लोरी ४ एम्पुल गरी १६ थान प्रतिबन्धित लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

शंंकास्पद अवस्थामा देखिएका उनीहरुमाथि सोधपुछ गर्दै शरिर खानतलासी लिने क्रममा उनीहरुको साथबाट ती लागूऔषध फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। उनका अनुसार पक्राउ दुवैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको छ।

प्रकाशित: २३ माघ २०७६ १३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App