१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘वाईवाई पाँचौ बसाहा राईजिङ महिला गोल्डकप’ सुरु

प्रतियोगिता उद्घाटन गर्दै चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राई । तस्विरः महेश्वर

बसाहा (उदयपुर)- उदयपुरको चौदण्डीगढी नगरपालिका बसाहामा ‘पाँचौ वाईवाई बसाहा राईजिङ महिला गोल्डकप फुटबल प्रतियोगिता’ सुरु भएको छ। प्रतियोगिताको दोस्रो दिन बुधबार सम्पन्न खेलमा सर्लाही ११ लाई हराउँदै माउण्ट एभरेष्ट क्लब सुनसरी विजयी भएको छ।

बसाहा मकमडाँडास्थित खेलमैदानमा सञ्चालित प्रतियोगितामा सुनसरीले ३–० को गोलान्तरले सर्लाहीलाई हराउन सफल भएको हो। सुनसरीका मुना मगर, मनिषा विष्ट र जमुना मगरले एक/एक गोल गरेका थिए। खेल सुरु भएको २० औं मिनटमै सुनसरीकी खेलाडी मुनाले पहिलो गोल गरेर आप्mनो टिमलाई अघि बढाएकी थिईन्। लगत्तै २३ औं मिनटमा अर्को गोल मनिषाले गरेकी थिईन् भने उनीहरुलाई साथ दिँदै अर्की खेलाडी जमुनाले ७३ औं मिनटमा तेस्रो गोल गरेकी थिईन्। खेलको विमेन अफ द म्याचको उपाधि पनि जमुना नै भईन्।

बसाहा राईजिङ क्लको आयोजनामा सुरु प्रतियोगिताको मंगलबार चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले उद्घाटन गरेका थिए। उद्घाटन खेलमा धनकुटाले उदयपुरको बेलका नगरपालिकालाई पराजित गरेको छ। बिहीबार हुने खेलमा घरेलु टिम बसाहा राईजिङ र उदयपुरकै त्रियुगा ११ बीच प्रतिस्पर्धा हुने आयोजक क्लका अध्यक्ष लुङ्गाराज राईले बताए।

आउदो २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजकसहित ८ टिमको सहभागिता रहेको छ। रौतहट, झापा, बेलका, चौदण्डीगढी, सुनसरी, मोरङ, धनकुटा र सर्लाहीबाट खेलाडीको सहभागिता रहेको प्रतियोगिता विजेतालाई १ लाख नगदका साथ ट्रफि, सिल्ड प्रमाणपत्र तथा उपविजेतलाई ५० हजार नगद प्रदान गरिने खेल संयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) उदयपुरका अध्यक्ष रञ्जन कार्कीले बताए।
 
 

 

प्रकाशित: २२ माघ २०७६ १४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App