१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भैरहवामा ‘कुटुम्ब होम’ सञ्चालनमा

होटलको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य प्रमोद यादव र हजुरआमा लालिता पाण्डे

भैरहवा - भैरहवामा होटल कुटुम्ब होम सञ्चालनमा आएको छ। यूवा व्यवसायी सुजन पाण्डेकोे एकल लगानीमा अत्याधुनिक सेवा सुविधासहितको होटल सञ्चालनमा आएको हो। होटल सञ्चालककी ९० वर्षिय हजुरआमा लालिता पाण्डे र  प्रतिनिधि सभा सदस्य तथा पर्यटन  व्यवसायी प्रमोद यादवले होटलको रिवन काटेर उद्घाटन गरेका छन्।

सो अवसरमा बोल्दै सांसद यादवले कुटुम्ब होटलले रुपन्देहीमा भएको आवश्यकतामा ईटा थप्ने काम गरेको बताए। लुम्बिनी र गौतमबुद्ध विमानस्थललाई लक्षित गर्दैै रुपन्देहीमा २० हजार वेडसहितको होटल आवश्यक रहेकोले अहिले सम्म २ देखि ३ हजारमात्र पुगेको बताए। हामीले केवल व्यवसायिक दृष्टिकोणले भन्दा पनि आर्थिक समृद्धिका लागि दुरगामी महत्व राखेर होटल सञ्चालन ल्याउनु पर्छ, अझै होटलको आवश्यकता छ यसले भैरहवा सहित प्रदेशकै विकास समृद्धि भई समाज र आर्थिक विकास प्रतिस्पर्धाको माध्यमबाट अगाडि बढ्छ यादवले भने।

परिवारले होटलमा सम्भावना र भैरहवाको आवश्यकतालाई मध्यनजर गर्दै बसपार्क नजिकै पर्यटकलाई चाहिने सबै पूर्वाधारसहित ४ तले होटेल सञ्चालनमा ल्याएको अध्यक्ष तुलसी पाण्डेले बताए। १३ वटा बतानुकुलित कोठा, कन्फ्रेन्स हल,  खानाको स्वाद सहितको रेष्टुरेन्ट, क्याटरिङ सहितको सुविधा दिएको छ।

प्रकाशित: १८ माघ २०७६ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App