१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

महोत्सवको लागि नाटक छनोट

काठमाडौं – शैली थिएटरले आयोजना गर्ने राष्ट्रिय बाल नाटक महोत्सवको लागि नाटकहरू छनोट भएका छन्। आगामी माघ २२ देखि राजधानीको रसियन कल्चर सेन्टरमा आयोजना हुने महोत्सवमा १६ वटा नाटकहरू मञ्चन हुनेछन्।

महोत्सवको पहिलो दिन शैली थिएटरको नाटक ‘सुनौलो माछा’ मञ्चन हुनेछ। महोत्सवमा राराहिल मेमोरियल स्कुलको ‘करेसा कन्सर्ट’, जेन्युन स्कुलको ‘निष्कासन’ र रिम्स स्कुलको ‘झगडा’, क्रियटिभ एकेडेमीले ‘अनमाया’, प्रज्ञा–सदन स्कुलको ‘डर’, विनायक स्कुलको ‘काडाँ कि फूल’, दीपज्योति माविको ‘बिग्रेको बिर्खे’, रिलायन्स स्कुलको ‘ड्रग्स एब्युज’ र साम्तेन मेमोरियल स्कुलको ‘गरिबको मृगतृष्णा’, बोल्ड स्कुलको ‘कति पढिस ?’, बृहस्पति विद्या सदनको ‘एक’, लिभरपुल स्कुलको ‘टिका’, तारा सदन स्कुलको ‘वृन्दा’, गोल्डन सुनगाभा स्कुलको ‘ड्याडी भर्सेस मम’, ब्राइट जोन स्कुलको ‘बहुला काजीको सपना’ र एम्बेसडर एकेडेमीको ‘साँचो बोल्नुपर्छ’ मन्चन हुनेछन्। यो महोत्सवको ११ औं संस्करण हो।

एक साता चल्ने महोत्सवमा बालबालिकाहरूलाई प्रोत्साहन गर्ने कथालाई प्राथमिकता दिएको महोत्सव संयोजक सुवास सुवेदीले बताए। निर्णायक टोलीले महोत्सवमा उत्कृष्ट नाटक, निर्देशक, कलाकार र स्क्रिप्टलगायत छनोट गरिनेछन्।

यसअघि शैली थिएटरले खुला गरेको आवेदनमा काठमाडौं उपत्यका वरवरमा विभिन्न स्कुलहरूले ३५ वटा नाटकको स्क्रिप्ट दर्ता गराएका थिए।

‘शैली थिएटरल विगत १० वर्षदेखि बालबालिकालाई कलाको माध्यमले प्रोत्साहन गर्न महोत्सवको आयोजना गरिरहेका छौं। यसलाई निरन्तरता दिन हामी लागि परेका छौं,’ शैली थिएटरका अध्यक्ष नवराज बुढाथोकीले भने।

प्रकाशित: १५ माघ २०७६ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App