१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टेन्डरमा पाँच कम्पनी भिड्दै

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह। तस्बिर : रितेश/नागरिक

वीरगन्ज - वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह सञ्चालनका लागि भएको टेन्डरमा पाँचवटा कम्पनीले प्रतिस्पर्धा गरिरहेका छन्।  टेन्डर हाल्ने अन्तिम मिति माघ १० भित्र ती पाँच कम्पनीले टेन्डर हालेका हुन्।  पाँच वर्षका लागि दुई अर्ब ४० लाख न्यूनतम रकम तोकेर ठेक्का गरिएका कारण त्यसमा बढाबढ गरी पर्ने टेन्डरबाट मुनाफा आर्जनमा चुनौती हुने भन्दै धेरै कम्पनी प्रतिस्पर्धामा आउन सकेनन्।  

भारतीय रेल्वेको भगिनी संस्था भारतीय कन्केटर निगम लिमिटेड, भारतको गुजरातस्थित मुन्द्रा बन्दरगाह र उडिसास्थित धमरा बन्दरगाह सञ्चालन गर्ने अदानी समूहको आदानी लजेस्टिक्स लिमिटेड, भारतमा आधा दर्जनभन्दा बढी ठाउँमा सुक्खा बन्दरगाह तथा ‘आइसिडी’ (इनल्यान्ड कन्टेनर डिपो) सञ्चालन गर्दै आएको उदयमान कम्पनी भारत नयाँदिल्लीको प्रिस्टाइन लजेस्टिक्स, भारतकै बिशाखापटनम र हल्दिया बन्दरगाह सञ्चालन गर्दै आएको दिल्ली मुख्यालय रहेको जेएम बक्सी समूह र हैदराबादको अपना लजेस्टिक सोलुसन–जगदम्बा जेभीले टेन्डरमा प्रतिस्पर्धा गरिरेहका छन्।  

‘पाँचवटा कम्पनीले प्रस्ताव हालेका छन्, पहिले प्राविधिक प्रस्ताव खुल्नेछ, त्यसपछि छानिएकाको आर्थिक प्रस्ताव खोलिनेछ,’ सुक्खा बन्दरगाहको स्वामित्व ग्रहण गरेको सरकारी निकाय इन्टरमोडेल यातायात विकास समितिका एक अधिकृत होमेन्द्र मोहन शाहीले भने, ‘अहिले प्राविधिक प्रस्ताव अध्ययन भइरहेको छ, सबै प्रक्रिया टुंगिन करिब डेढ महिना लाग्नुपर्ने हो। सुक्खा बन्दरगाह सञ्चालन अन्तर्गत ‘आइसिडि’ (इनल्यान्ड कन्टेनर डिपो) र मालवाहक रेल आवागमन व्यवस्पाथन तथा सञ्चालन गर्नुपर्ने हुन्छ। 

सुक्खा बन्दरगाहमा रहेको भन्सारले आयात निर्यात हुने मालवस्तुको राजस्व संकलन र वैधानिकताको कागजी औपचारिकता गर्ने गरेको छ भने मालवस्तु बोकेका रेलको आगमन, त्यसबाट मालवस्तु अनलोडिङ–लोडिङ, भण्डारण गर्ने अनि आयातकर्ता हस्तान्तरण गरी दिने र निकासी हुने मालवस्तु निर्यातकर्ताबाट कागजातका आधारमा बुझिलिने काम सुक्खा बन्दरगाह सञ्चालकले गर्छ अघिल्लो पटक हिमालयन टर्मिनलले ७ जनवरी २०१५ देखि पाँच वर्षका लागि दोस्रो अवधिका लागि सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा पाएको थियो।  भारतीय रेल्वेको भगिनी संस्था ‘कन्कोर’ मुख्य साझेदार रहेको हिमालयन टर्मिनलले नै त्यसअघि पनि अर्थात प्रथम अवधिमा १० वर्षे सम्झौतामा सुक्खा बन्दरगाह सञ्चालन गरेको थियो।  

पहिलो पटक सन् २००४ देखि १० वर्षका लागि ५३ करोड रुपैयाँमा सुक्खा बन्दरगाह सञ्चालनको सम्झौता हिमालयन टर्मिनल र इन्टरमोडेल विकास समितिबीच थियो।  पहिलो अवधिको पाँच वर्षको रकमसँग तुलना गर्दा यसपालि भने उतिबेलाभन्दा करिब आठ गुणाभन्दा बढी रकम न्यूनतम अंक राखेर सुक्खा बन्दरगाह सञ्चालनको टेन्डर अह्वान गएिको हो।  सुक्खा बन्दरगाहमा कारोबार बढेपछि यसबाट सरकारलाई व्यावसायिक लाभ हुन लागेको हो।  

पहिलो अवधीमा सन२०१० सम्म सुरुवाति ६ बर्ष सुक्खा बन्दरगाह संचालनमा घाटा बेहोरोको हिमालयन टर्मिनलले त्यसपछिको ४ बर्षमा पुरानो नोक्सानको पुर्ती गर्दै साढे ७करोड नाफा साझेदारहरुलाई बाडेको थियो।  त्यसपछि सुक्खा बन्दरगाह संचालन सरकार र संचालनकर्ता दुबैको लागि फाइदा मुलक भएको छ।  यस पटक २ सय करोड भन्दा बढीमा टेन्डर अह्वपान भएकोले अहिले कै सिमति संरचनामा संचालन हुँदा नाफा आजर्न चुनौतिपुर्ण रह्ने आँकलन गरिएको छ।

सुक्खा बन्दरगाहले ब्यपार सहजिकरणमा भने आमुल परिवर्तन भएको आयातकर्ताहरुको भनाई छ।  सडकभन्दा सुरक्षित र छिटो हुने भएपछि रेलबाट आउने कार्गोको संख्या दिनानुदिन बढ्दो छ।  रेलमार्ग हुदै सुक्खा बन्दरगाह भएर भारतबाट फलाम, भारत तथा तेस्रो मुलुकबाट बोराबन्द सामान र तेस्रो मुलुकबाट मालवाहक कन्टेनर आउने गरेको छ। 

प्रकाशित: १५ माघ २०७६ ०३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App