१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आत्महत्याको अवस्था डरलाग्दो

भैरहवा- सिद्धार्थनगर–७, नारायण पथ बस्ने २२ वर्षिया एक युवती सोमबार दिउँसो ४ बजे झुण्डिएको अवस्थामा भेटिइन्। परिवारसहित भाडामा बस्दै आएकी ती यूवतीको ६ महिनाको छोरा पनि सँगै थियो। आफ्नै कोठाको पंखाको कुण्डीमा सलको पासो लगाई झुण्डिएको उनको बच्चा रोइरहेको सुनेर छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेपछि घटना बाहिर आयो।

सैनामैना घर भई श्रीमान र छोरासँगै बस्दै आएकी ती यूवतीले आत्महत्या संकास्पद नदेखिए पनि किन र केका लागि आत्महत्या भयो भन्ने कारण अझै खुलेको छैन। आत्महत्या आफैंमा एउटा अस्वभाविक प्रक्रिया भए पनि ६ महिनाको बच्चा छेउमा राखेको अवस्थामा आत्महत्या हुनुले यो घटनालाई अस्वभाविक मात्र होइन, चिन्ताजनक पनि बनायो।

त्यस्तै सोमबार नै दिउँसो करिब १२ बजे सिद्धार्थनगर-६ रहिम पथमा पनि २७ वर्षिय विवाहित युवा भुण्डिएको अवस्थामा भेटिए। आफ्नै घरको कोठामा नाइलनको डोरी लगाई आग्महत्या गर्नुको कारण पारिवारिक रहेको स्थानीयले बताएका छन्। श्रीमती घरबाट अलग डेरामा बस्दै गरेकाले गर्दा केही आपसमा विवाद भएकोले आत्महत्या भयो की। आत्महत्या संकास्पद नभएको र कुनै नोटहरु पनि फेला नपरेकोले श्रीमतीकै कारण युवाले आत्महत्या गरेका हुन् की भन्ने घटनाबाट देखिन्छ।

यि त मात्र रुपन्देहीका ताजा घटना हुन मुलुकभर हत्याका घटना दिनानुदिन बढिरहेकोले नेपालमा आत्महत्याको अवस्था डरलाग्दो हुन थालेको छ। समाज शिक्षित हुँदै गए पनि आत्महत्याको घटनामा न्यूनिकरण हुन सकेको छैन। रुपन्देहीमा पनि यस आर्थिक वर्षको हालसम्म १ सय ४ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन्। त्यसमा ७३ जनाले झुण्डेर आत्महत्या गरेका छन्।

त्यस्तै विष सेवन गरेर ३० जना, हामफालेर १ जनाले आत्महत्या गरेका छन्। अत्महत्या गर्ने अधिकांश १९ वर्षदेखि ४० वर्ष उमेर समूहका युवायूवती रहेको रुपन्देही प्रहरी प्रवक्ता डिएसी खड्गबहादुर खत्रीले जानकारी दिए। ४९ जना पुरुष, ४९ जना महिला र ६ जना बालबालिकाले पछिल्लो ६ महिनामा आत्महत्या गरेका छन् जुन गत वर्ष सरह नै हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्याङक अनुसार २०७३/७४मा ९२ जना पुरुष, ८० जना महिला र ११ जना बालबालिकाले आत्महत्याबाट ज्यान गुमाएका छन्। वर्ष २०७४/७५मा १२० जना पुरुष १०९ जना महिला र ३ जना बालबालिक गरी २३२ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन्। त्यस्तै  वर्ष २०७५/७६ मा ८३ जना पुरुष ९४ जना महिला र १४ जना बालबालिकाले ज्यान गुमाए। आत्महत्याको वर्सेनी बढ्दै गए पनि यस वर्ष पनि आत्महत्याको संख्यामा कमी आएको छैन।

प्रत्येक वर्षको तथ्यांक हेर्दा आफ्नो शरीरमा आगो सल्काएर आत्महत्या गर्नेमा महिला मात्र रहेका छन्। श्रीमानका कारण, घरमा सासुका कारण शरीरमा आगो लगाउने, आत्महत्या गर्ने गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ। सहनै नसक्ने कुराको आरोप लगाएपछि महिलाले आवेशमा आएर आफ्नो शरीरमा आगो लगाउने गरेको छन्।

अर्काको देखासिखी, महत्वाकांक्षी हुनु, अत्याधिक रिस सहन नसक्ने घटना, गम्भीर रोग, अपमानबोध, ठूलो आर्थिक नोक्सानी, असफल प्रेमजस्ता कारणले पनि मानिसले आत्महत्याको बाटो रोज्ने गरेको समाजशास्त्री थानेश्वर पाण्डे बताउँछन्। आत्महत्या गर्ने समय मानिसले बाँकी जीवनका लागि कुनै पनि विकल्प नदेखेपछि आत्महत्याको निर्णयमा पुग्छन्।

मानसिक रोगका कारण पनि अधिकांश आत्महत्या हुने गरेका छन्। आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नुनै चुनौतीपूर्ण छ, सामान्यतया सम्बन्धित व्यक्तिमा जागरुकता र जनेचतना जगाउनु, काममा व्यस्तता, उचित शारीरिक तथा मानसिक परामर्श र जीवनशैलीमा परिवर्तन गरेर केही हदसम्म न्यूनिकरण गर्न सकन्छ।
 

प्रकाशित: १३ माघ २०७६ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App