१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मानिसभन्दा १७ गुणा बढीको संख्यामा रहेका किरा-फट्याङ्ग्रा नभए के हुन्छ ?

झिँगा, मच्छर, साङ्ला,उडुस जस्ता तमाम किरा फट्याङ्ग्रा हाम्रो वरपर घुमिरहेको देख्छौं। यीनीहरुलाई देख्दा हामीलाई साह्रै रिस उठ्छ। कहिलेकाही त यस्ता किरा फट्याङ्ग्रालाई मार्न हामी अनेक उपाय अपनाउँछौं।

तर अझैं पनि तपाई उनीहरुलाई मार्ने सोचिरहनु भएको छ भने दुई पटक सोच्न जरुरी छ। किनकी यीनीहरुको संख्या संसारभरबाट कम हुँदैछ। किराहरुले हाम्रो वातावरण संरक्षण तथा खाद्य पदार्थ उत्पादनमा अहम भूमिका खेल्छन्। लण्डनको नेचुरल म्यूजियमकी सिनियर क्यूरेटर डा. एरिका मेकलिस्टर भन्छिन्, ‘यदि दुनियाभरका किराको अस्तित्व समाप्त भयो भने मानिसको पनि अस्तित्व समाप्त हुनेछ।’

यदि तपाइलाई लाग्छ कि यिनीहरुको के काम?  ‘यिनीहरुले जैविक सन्तुलनलाई कायम राख्न अहम भूमिका खेल्छन्। माटोलाई उर्वर बनाउन पनि यिनीहरुले मद्दत गर्छन्।’ मेकलिस्टर अगाडि भन्छिन्, ‘कल्पना गर्नुस् कि दुनियामा ‘डिकम्पोजिसन’ भएन भने के हुन्छ ? दुनिया पुरै खराब हुन्छ। हाम्रो वरिपरि मल(कुहएिका चिज) तथा  मरेका जनावर मात्रै हुनेछन्।’ यिनीहरुले साना जनावरलाई खानाको पनि व्यवस्था गर्छन्।

यस्तै सिड्नी विश्वविद्यालयमा आवद्द डा. फ्रासिस्को सान्चेज बायो भन्छन्, ‘६० प्रतिशत भर्टीब्रेट(ढाड भएका) जीव आफ्नो खानाका लागि किरा फट्याङ्ग्रामा निर्भर छन्। केही पंक्षी र सफा पानीमा पाइने केही माछा समेत लोप हुन थालेका छन्।

के हामी अनुमान लगाउन सक्छौं? संसारभरका कति किरा फट्याङ्ग्रा होलान्। अमेरिकी संस्था स्मिथसोनयन इन्चिट्रयूटका अनुसार किरा फट्याङ्ग्राको कुल संख्या मानिसको भन्दा १७ गुण बढी छ। पुरै दुनियामा किरा फट्याङ्ग्राको संख्याको कुरा गर्ने हो भने करिब १० अर्ब होला। अंकमा भन्ने हो भने १०,०००,०००,०००,०००,०००,००० छ।

पोषकतत्वको रिसाइक्लिङ पूरै जमिन र पानीमा पाइने लाखौं किरा फट्याङ्ग्राका गतिविधिमा निर्भर छ।यसमा समुन्द्रमा पाइने जीव पनि सामिल छन्। दोस्रो जीवका लागि खाना बन्नुका साथै डिकम्पोजिसन र परागसेचनमा पनि यिनीहरुको भूमिका महत्पवूर्ण छ।

एक अध्ययनकाअनुसार  किराहरुका कारण दुनियामा ३५० अर्ब अमेरिकी डलर फाइदा हुन्छ। डा. बायो भन्छन्, ‘ फूल फुल्ने ज्यादातर बोटबिरुवामा परागसेचन हुन्छ। एसका साथै ७५ प्रतिशत अन्नबालीमा पनि परागसेचन हुन्छ। एसका लागि किराहरुले नै मद्दत गर्छन्।’ योसँगै किरा फट्याङ्ग्राबाट हुने तमाम फाइदाका बारेमा हामी अनविज्ञ छौं।

डा. मेकलिस्टर भन्छिन्, ‘ तोरीको पराकसेचनमा सहयोग गर्ने किरा फट्याङ्ग्राले हो। जस्तो माहुरी। यस्तै सानासाना सयौं किरा फट्याङ्ग्रा र यिनका फाइदाका बारेमा धेरै अनविज्ञ छौं।’ जंगली माहुरीको संख्या दुनिभरबाट घट्दो अवस्थामा छ। पुतलीको एउटा प्रजाती मोनार्क जो कयौं जंगली फूल फुल्ने प्रजातीका बिरुवामा परागसेचन गर्न सहयोग गर्छ।  यिनीहरुको संख्या पनि पछिल्लो समय घट्दै गएको छ।’ तर हामी किरा फट्याङ्ग्राको संख्यामा कमी आइरहेको विषयलाई गम्भीरतापूर्वक लिइरहेका छैनौं।

कति ठूलो छ यिनीहरुको दुनिया?
के हामी अनुमान लगाउन सक्छौं? संसारभरका कति किरा फट्याङ्ग्रा होलान्। अमेरिकी संस्था स्मिथसोनयन इन्चिच्यूसनका अनुसार किरा फट्याङ्ग्राको कुल संख्या मानिसको भन्दा १७ गुण बढी छ। पुरै दुनियामा किरा फट्याङ्ग्राको संख्याको कुरा गर्ने हो भने करिब १० अर्ब होला। अंकमा भन्ने हो भने १०,०००,०००,०००,०००,०००,००० छ। संरक्षणवादीकाअनुसार किरा फट्याङ्ग्राको संख्या दुईदेखि तीस मिलियन हाराहारीमा छन। तर स्तनधारी जीवको तुलनामा किरा फट्याङ्ग्राका विषयमा काफी मात्रामा कम अनुसन्धान भएको छ।

स्मिथसोनयन इन्चिच्यूसनका अनुसार हाल हामी विभिन्न नौ लाख किरा फट्याङ्ग्राका बारेमा मात्रै जानकार छौं। किरा फट्याङ्ग्राको संख्या र विभिधता पनि बिनास रोक्न सहयोगी साबित हुन सकेको छैन। वैज्ञानिकहरु पनि कयौं बोटबिरुवाको परागसेचनमा भूमिका खेल्ने किरा फट्याङ्ग्राका विषयमा कमै मात्र जानकार छन्।  कतिपय किरा फट्याङ्ग्रा अनुसन्धान तथा नाम चिन्नुभन्दा पहिल्यै लोप भैसकेका छन्।

डा. मेकालिस्छर भन्छिन्, ‘ हामीसँग यस्ता धेरै उदारहण छन्। जसको बारेमा १९३० को दशकमा पत्ता लाग्यो। अझै उनीहरुको पहिचान हुन बाँकी छ। जसको अस्तित्व लगभग समाप्त नै भैसकेको छ।’

डरलाग्दो आँकलन
हालै २०१९मा ‘जर्नल बायोलोजिकल कंजरवेशन’मा प्रकाशित एक रिपोर्टअनुसार भविष्यमा डरलाग्दो अवस्था सिर्जना हुने देखाइएको छ। रिपोर्टअनुसार जर्मनी, ब्रिटेन तथा प्यूर्टोमा किरा फट्याङ्ग्राको संख्या हरेक वर्ष साढे दुई प्रतिशतले घटिरहेको छ। यी तिनै देश हुन जहाँ बिगत तीस वर्षदेखि किरा फट्याङग्राको विषयमा अध्ययन भैरहेको छ। यस रिपोर्टका सहलेखक डा. बायो भन्छन्, ‘ सबै ठाउँबाट ४१ प्रतिशत प्रजातिका किरा फट्याङ्ग्राको संख्यामा कमी आइरहेको छ।

सन २००७ मा गरिएको एक अध्ययनअनुसार बिगत ३० वर्षमा जर्मनीका ६० संरक्षित क्षेत्रमा किरा फट्याङ्ग्राको संख्यामा ७५ प्रतिशतले कमी आएको छ। यस्तै एक अमेरिकी शोधकर्ताले आफ्नो रिपोर्टमा प्यूर्टो रिकोको कैरेबियन प्रान्तमा बिगत चार दशकदेखि ९८ प्रतिशतले कमी आएको उल्लेख गरेका छन्। यही दर कायम रहने हो भने छिट्टै नै कयौं प्रजाति लोप हुनेछन्।

किरा फट्याङ्ग्राको दुस्मन को हो ?
ज्यादातर स्थानमा बस्ती बस्नु र खेती गर्नाले यीनीहरुको संख्यामा कमी आएको पाइएको छ। कँफीको परागसेचनमा भूमिका खेल्ने किरा फट्याङ्ग्रा यसका उदारहण हुन्। डा. मेकालिस्टर भन्छिन्, ‘यी सानासाना जीवलाई वयस्क जीवनमा बोटबिरुवा चाहिन्छ। यिनीहरुका लार्भा कुहिँदै गरेका पातमा रहन्छन्। यदि यस्ता बोटबिरुवा सिद्धयाउँदै जाने हो भने उनीहरुको जीवन पनि समाप्त हुन्छ। उनीहरुको अर्को पीढी विकास नै हुन पाउदैन। त्यस्तै कृषिमा प्रयोग गरिने किटनाषक औषधि, जावायु परिवर्तन पनि किरा फट्याङ्ग्राको अस्तित्व समाप्त हुनुका कारण हुन्।

तर साङ्लाको संख्या भने बढ्ने


तर साङ्ला जस्ता किरा फट्याङ्ग्रा भने दुनियामा देखिएका यस्तो समस्याको सामना गर्न सक्षम देखिएका छन्। किनकी उनीहरुमा कयौं किटनाषकसँग लड्न प्रतिरोधक क्षमता विकसित भैसकेको छ। जलवायु परिवर्तनको असरले साङ्ला जस्ता किरा फट्याङ्ग्राको संख्यामा भने बढोत्तरी हुने देखिन्छ। ससेक्स विश्वविद्यालयका प्रोफेसर डेव गाँगल्सकाअनुसार आगामी वर्षहरुमा यीनीहरुको संख्यामा वृद्धि हुने सम्भावना छ। यीनीहरुको प्रजनन दर पनि तीब्र गतिमा बढिरहेको छ।

कसरी बचाउन सकिन्छ ?
वैज्ञानिकहरुका अनुसार मानवसँग अहिले पनि यीनीहरुलाई बचाउन विषेश कदम चाल्ने समय बाँकी छ।
डा. बायो भन्छन्, ‘यी कदमहरुमा वृक्षरोपण गर्ने, खेतमा फूल फुल्ने बिरुवा रोप्ने, खतरनाक किटनाषक औषधिको प्रयोग बन्द गर्ने तथा कार्बन उत्सर्जन रोक्नुपर्छ। यदि मानिसहरुले अर्गानिक खाद्यान्न उत्पादन गर्न थाल्ने हो भने किरा फट्याङ्ग्रा बचाउनमा मद्दत पुग्ने छ। यसले गर्दा किसानलाई किटनाषक औषधि प्रयोग गर्न रोक्ने छ भने पर्यावरण सुधारमा पनि मद्दत पुग्ने छ।
बीबीसी हिन्दीबाट अनुवादित

प्रकाशित: १२ माघ २०७६ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App