१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आइसल्याण्डलाई इतिहास रच्ने मौका, आयोजक फ्रान्स भने दबाबमा

पेरिस–युरोकप २०१६ को आज राति हुने अन्तिम क्वाटरफाइनलमा आयोजक फ्रान्स र आइसल्याण्ड भिड्दै छन्। उक्त खेलमा आइसल्याण्ड इतिहास बनाउने सोचका साथ मैदानमा उत्रँदा आयोजक फ्रान्स भने जित्नै पर्ने दबाबमा रहेको छ। प्रि–क्वाटरफाइनलमा इङल्याण्डलाई २–१ गोलले पराजित गदै सबैलाई आश्चर्य पारेको आइसल्याण्ड उच्च मनोवलका साथ मैदानमा उत्रँदा फ्रान्सका प्रशिक्षक डिडियर डिसच्याम्प भने आफ्ना रक्षक अदिल रामीले दोहोरो पहेँलो कार्डका कारण क्वाटरफाइनल खेल खेल्न नपाने भएपछि चिन्तित छन्।

उनले आज बार्सीलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका स्यामियुल उमिटिलाई लायरेन्ट कोसिन्नीसँगै मैदान उतार्नुको विकल्प नहुन सक्छ। त्यस्तै आफ्ना भरपर्दा मिडफिल्डर एन्गोलो कान्टलेपनि निलम्बनका कारण खेलमा अनुपस्थित रहँदा उनी थप चिन्तित छन्। उनले कान्टेको स्थानमा किङस्ले कोमान,माउसो सिसीको र योहान कावाया मध्य एकलाई खेलाउने सम्भावना रहेको छ।

यता आइसल्याण्डका प्रशिक्षकले भने आफ्नो टोली ढुक्कका साथ मैदानमा उत्रने बताइसकेका छन्। उनले आफूहरुमा अर्को चरण प्रवेशको क्षमता भएको तर धेरै अपेक्षा नभएको बताएका छन्। जसका कारण उनको टोली विना दबाब मैदानमा उत्रने छ। उनले फ्रान्सले खेल हार्दा उनीहरु घरेलु समर्थकमाझ स्तब्ध हुने छन्। तर आफूहरु क्वाटरफाइनलमा पुग्नु नै ठूलो भएको र आइसल्याण्डवासीहरु खुशी भएको बताएका छन्।
आज हुने खेलमा फ्रान्स आफ्ना स्ट्राइकर एन्टेनियने ग्रिजम्यानको पर्दशनमा भर पर्ने देखिन्छ । उनले समुह चरणमा पनि उत्कृष्ट पर्दशन गरेका थिए । त्यस्तै  प्रि–क्वाटरफाइनलमा आयरल्याण्डलाई २–१ गेल अन्तरले पराजित गर्दा दुवै गोल गरेका थिए।आइसल्याण्डको खेल भने एरोन गुर्नशनको प्रर्दशनमा निर्भर रहनेछ ।

 

प्रकाशित: १९ असार २०७३ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App