१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सूचना प्रविधि विधेयकको विरोधमा भैरहवामा प्रदर्शन

भैरहवा- सूचना प्रविधि विधेयक फिर्ताको माग गर्दै नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा विरोध प्रदर्शन गरेको छ।
नेपाल विशेष सेवा गठन र सञ्चाल सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा सूचना प्रविधि विधेयक लगायत संविधान प्रदत्त नागरिक अधिकार हनन गर्ने सरकारी नीतिविरुद्ध विरोध प्रदर्शन गर्दै सरकारलाई जिल्ला प्रशासन कार्यालय मार्फत विरोध पत्र बुझाएको हो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले रुपन्देहीसहित ७७ वटै जिल्लामा पूर्वघोषित कार्यक्रम अन्तर्गत भैरहवामा पनि विरोध ¥यालीसहित बजारको परिक्रमा गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ मार्फत प्रधानमन्त्रीलाई पत्र बुझाएको हो।

विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस रुपन्देहीका निवर्तमान सभापति रामचन्द्र ढकाल, प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल, जिल्ला सभापति अब्दुल रज्जाक, जिल्ला सचिव रामकृष्ण खाणलगायतले आम नागरिकको स्वतन्त्रता हनन गर्नका लागि ल्याइएकोले मान्य नहुने बताए। सविधानले दिएको बोल्न पाउने, भावनाहरु सामाजिक सञ्जालमा राख्न पाउने अधिकारलाई कुन्ठित गर्न ल्याइएको विधेयक खारेज तथा विधेयकमा भएको प्रावधानहरु खारेज हुनुपर्ने, सविधानमा बोल्न पाउने, लेख्न पाउने अधिकारलाई मौलिक अधिकारको रुपमा परिभाषित गरेकोले अहिलेको सरकारले आफ्नो गतिविधीहरु आम नागरिकले थाहा नपाउन भन्नका लागि यो विधेयक जबरजस्ती रुपमा ल्याएको बताए।

नागरिकहरुमा सामाजिक सञ्जालमा पहुँच बढेकोले सरकारका गतिविधीमा भएको कमिकमजोरी, लोकप्रियता घट्दै गयो र भ्रष्ट्राचारलाई आम नागरिकले थाहा पाउन थालेपछि विधेयक ल्याएकोले यसलाई खारेज गर्दै मुलुकी संहियताले लागु गरेको कानुन लागु गर्न नेपाली कांग्रेसले माग गरेको बताए। विधेयकको दफामा सामाजिक सञ्जालमा कसैले होच्यायो, जिस्कायो, गाली गलौज गरेमा मुद्दा हाल्न पाउने जस्को सजाय ५ वर्ष कैद र १५ लाखको जरिवाना सम्मको व्यवस्था सरकारले गरेकोले यो कहिले पनि मान्य नहुने यसका लागि सडक आन्दोलनसम्म गर्न नेपाली कांग्रेस तयार रहेको बताए।

सिसाको महल जस्तो भएको अहिलेको सरकार भित्रबाट खोक्रो भएकोले जति वेला पनि खसेर चकनाचुर हुन सक्ने बताउदै कम्युनिष्ट सरकार आफैमा लडेर सभामुख चयन गर्न पनि नसकेको बताए। सरकारले कदम नसच्चयाए नेपाली कांगे्रसले कडा प्रतिकार गर्दै सविधान विपरित जनताको मौलिक हक अधिकार विपरित कुनै पनि काम गर्नबाट रोक्न दबाब दिइरहने बताए।

विरोध पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पन्थले प्राप्त पत्र आज नै प्रधानमन्त्री कहा पुर्‍याउने प्रतिबद्धता जनाए।
भैरहवास्थित पार्टी कार्यालयबाट निस्केको विरोध र्‍यालीमा नलायक सरकार मुर्दावाद, केपी तेरो पाराले दुःख पायो साराले, सूचना प्रविधि विधेयक फिर्ता गर, भ्रष्टचारी सरकार मुर्दावाद लगायतका नारा लगाएका थिए।
र्‍यालीमा नेपाली कांग्रेसका पूर्र्व मन्त्री दुर्योधन चौधरी, महासमिति सदस्य देवी चौधरी,  जिल्ला सभापति तथा पदाधकिारी, पूर्व सभापति, निर्वाचित  नेपाली कांगे्रसका जन प्रतिनिधि, क्षेत्रीय, नगर र  वडाका समितिहरु, भातृ संगठनहरुको उपस्थिती रहेको थियो।  

प्रकाशित: ५ माघ २०७६ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App