२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

डा.दिव्याको ताजगी

टिचिङ अस्पताल महाराजगंज मिर्गौला रोग बिभागकी प्रमुख मिर्गौला रोग बिशेषज्ञ डा.दिब्या सिहं शाहलाई देख्नेहरु ६० वर्ष उमेरको नजिक पुगेको ठान्दैनन्। टिचिङ अस्पताल तथा प्रधानमन्त्रीको निजी चिकित्सकको रुपमा रहेकी डा.शाह दैनिक ९ देखि १० घण्टा काममा व्यस्त हुन्छिन्। तैपनि उनमा कुनै समस्या छैन।

डा.शाहमा अहिलेसम्म मधुमेह,उच्चरक्तचाप तथा अन्य कुनै रोग लागेको छैन नै। शरिरको तौल पनि उच्चाइँ अनुसार ठीकठाक छ। उमेर भन्दा जवान देखिएपछि धेरैलाई कारण बारे जवाफ दिनु परेको बताउँछिन्। उनको दुई सन्तान पनि छन्।

डा.दिव्या स्वस्थ हुुनुको कारण छन्। डा.शाह विहान उठेपछि मिलेसम्म ४५ मिनेट योग गर्छिन् नमिले सामान्य व्यायम। योग गरेपछि एक गिलास चिया पिउँछिन। चिया, दुध, अण्डा, ब्राउन ब्रेड  या रोटी तरकारीको खाजा खान्छिन्। दिउँसो खाना समय मिले घरमा नमिले अस्पतालको क्यान्टिनमा या मिटिङमा। साँझ घर पुगेपछि सामान्य दाल, भात र तरकारी खान्छिन्। यी नियमित खाना जस्तै नियमित रुपमा ओखर,बदाम जस्ता ड्राइ फुड पनि खान्छिन्। मौसमी फलफूल आँप,सुन्तला,अम्वा र नियमित स्याऊ। पानी प्रर्याप्त पिउनु उनको अर्को रहस्य हो।

संधे स्वस्थ र जवान देखिने डा.शाहका अन्य तरिका पनि छन्। सहकर्मी साथीहरुसित मैत्रीपुर्ण व्यवहार गर्नु,बिरामीको सेवामा जुट्नु र सवै प्रति सकरात्मक सोंच राख्नु। अरुलाई सहयोग गर्दा आफ्नो मनमा शान्तभाव उत्पन्न हुन्छ। ‘अस्पतालमा औषधी किन्न नसकेका बिरामीलाई खर्च संकलन गरेर औषधी दिंदा मनमा सन्तुष्टि मिल्छ’उनले सहयोग गरेका क्षण सम्झिंदै भनिन्। यस वाहेक साथीभाईलाई आवश्यक परेको बेला पनि कुनै न कुनै सहयोग गर्ने गरेको उनले सुनाइन्।‘सहकर्मी वीचमा आफ्नो पोजिशन नछुट्टाइ कुराकनी गरेमा रमाइलो हुन्छ’ उनले खुशी रहने कारण खुलाउँदै भनिन्।

सहयोगी व्यवहारले मनमा सकरात्मक सोंच आउने र सकरात्मक सोंचले स्वास्थ्यमा फाइदा पुग्ने कारण आफ्नो जीवनमा यो कुरा लागु गरिरहेको शाहले बताइन्।

नकरात्मक सोंचले शरिरको नशा तथा हर्मोनमा परिवर्तन भई बिभिन्न खालका रोगहरु बढ्ने र शरिरको प्रतिरक्षा शक्ति कमजोर हुने हुनाले सकरात्मक सोचको वानी वसाल्न सुझाइन्। ‘नकरात्मक सोंच राख्ने र तनावमा रहने वानीले मधुमेह,उच्चरक्तचाप र अरु रोग बढ्छन्’। कुनै पनि मानिस पुर्ण स्वस्थ हुनको लागि शारिरीक र मानसिक दुवै रुपमा स्वस्थ हुनु पर्ने उनको सुझाव छ। आफुलाई तनाव रहित राख्नको लागि साप्ताहिक विदाको बेला छोराहरु सित हलमै गएर चलचित्र हेर्छिन्। मनमा शान्त भाव राख्न उनले विहान दैनिक पूजा गर्छिन्।

प्रकाशित: ४ माघ २०७६ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App