१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सीमामा पाँच विओपी थप्ने प्रस्ताव

भैरहवा- रुपन्देहीमा ५ वटा बोर्डर आउटपोस्ट (विओपी) स्थापनाका लागि सशस्त्र प्रहरी बल रुपन्देहीले प्रस्ताव गरेको छ। हालै मात्रै सरुवा भएर रुपन्देही आएका सशस्त्र प्रहरी उपरिक्षक तेजप्रसाद पोखरेलले पत्रकारसँग भेटघाट गर्दै सीमा सुरक्षा बलियो बनाउन थप ५ वटा विओपी स्थापनाका लागि प्रस्ताव गरेको बताए। रुपन्देहीको थुमवा, सिसवा, बुची, ठर्की पिपरा र पचवारेमा विओपी स्थापनाका लागि प्रस्ताव गरिएको छ।

सीमामा निगरानी थप मजबुत बनाउन गत महिना मन्त्रिपरिषद्को निर्णयले सीमामा ११४ वटा विओपी थप्ने निर्णय गरे वमोजिम रुपन्देहीका लागि ५ वटा विओपी थपका लागि प्रस्ताव पठाइएको सशस्त्र एसपी पोखरेलले बताए। हालसम्म रुपन्देहीको पजरकट्टी, बोगडी, मझगावा र बैरघाट गरी ४ वटा विओपी  र ५ वटा सुरक्षा वेस क्याम्प छ, गएको प्रस्ताव थपिएपछि ९ वटा हुनेछ र यसले सीमा क्षेत्रको अपराध नियन्त्रण गर्न सहयोग पुग्ने छ। सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्रलाई सरकारले सीमामा सुरक्षा बढाउन र अतिक्रमण रोक्न सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी) थप गरेको हो। थप पछि विओपी विओपीको दुरी ६ देखि ७ किलोमिटर रहने छ।

यस्तै, करौतामा रहेको सुरक्षा वेस क्याम्प सीमा नजिक स्थापना गर्न लागिएको छ। जग्गा अभावका कारण सीमाबाट ६ किलोमिटरभित्र रहेको करौताको विओपीलाई सीमा नजिकै जग्गा व्यवस्थापन गरि स्थापना गर्ने प्रक्रिया अघि बढेको छ। जग्गा प्राप्ती र भवन निर्माणको प्रक्रिया अघि बढेको र सीमाबाट टाढा भएपछि सीमा सुरक्षा सम्बन्धमा काम गर्न असहज भएपछि सीमा नजिकै सम्मरीमाई गाउँपलिका १ वैरवासे मा स्थापना गर्न लागिएको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेड क्वाटरले जनाएको छ।

नयाँ दरबन्दी थप विनै अहिलेकै दरबन्दी समायोजन गरेर बिओपी थप्ने निर्णय भएको छ। एउटा बीओपीमा इन्स्पेक्टर नेतृत्वमा ३५ जना खटिने गरेका छन्।

प्रकाशित: ३ माघ २०७६ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App