१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बढ्दै जाली नोटको कारोबार

काठमाडौं - नगद कारोबार गर्दै हुनुहुन्छ ? होस पु¥याउनु होला, नक्कली नोट कारोबारको गिरोहले फसाउला। पछिल्लो समय उपत्यकाका ठाउँ–ठाउँमा नक्कली नोट छपाई र त्यसको कारोबार मौलाएको छ। गिरोहले नयाँ नोट भन्दै पुरानोसँग जाली नोट साट्ने, व्यापारीहरूसँग मिलेमतो गरी जाली नोटबाटै सामान खरिद गर्ने तथा जाली नोटमा सामान खरिद गरेर फसाउनेलगायत गरेको भेटिएको छ। त्यसको पुष्टि प्रहरी तथ्यांकले गर्छ। बिहीबार मात्रै ४ सयभन्दा बढी जाली नोटसहित केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगन्जले नक्कली नोट कारोबार गर्ने गिरोह सार्वजनिक ग-यो।

उपत्यकामा नक्कली नोट भेटिएको खबर स्थानीयले प्रहरीलाई गरेपछि प्रहरीले उपत्यकाका विभिन्न ठाउँमा अनुसन्धान थालेको थियो। अनुसन्धानकै क्रममा ४ जनालाई नक्कली नोट छाप्ने मेसिन र थुपै्र थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान घर भई माछापोखरी बस्ने २९ वर्षीय कमल बुढाथोकी, काभ्रे, पाँचखालका ३२ वर्षीय बलबहादुर रानामगर, डोटी, घर भई कपुरधारा बस्ने २४ वर्षीय आर्यान खड्का र धनकुटा घर भई नयाँ बसपार्क बस्ने ३६ वर्षीय छत्रबहादुर लिम्बु रहेका छन्।

उनीहरूले योजनाबद्ध ढंगले जाली नोट डिजाइन गर्ने, बजारसम्म पु¥याउने र नयाँ नोट भन्दै स्थानीयसँग नोट साट्ने काम गर्थे। उनीहरूलाई प्रहरीले गोंगबुबाट बुधबार प्रक्राउ गरेको थियो। पक्राउ पर्नेबाट ४ सय १३ वटा एक हजार रूपैयाँका जाली नोट बरामद गरिएको प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए। उनका अनुसार यसबाहेक उनीहरूबाट प्रहरीले पैसा छाप्ने मेसिन, पेपेर, मसीलगायत बरामद गरिएको छ। ‘नक्कली नोटको कारोबार बढेको छ, यसले धेरैलाई फसाउँछ,’ उनले भने, ‘प्रहरीले विशेष अनुसन्धानबाटै धेरैपटक नक्कली नोटकका गिरोहमाथि कारबाही गरेको छ।’

प्रहरीका अनुसार उनीहरूले सक्कली नोटको भित्र नक्कली नोट घुसाएर कारोबार गर्थे। यसरी मेसिन नै प्रयोग गरेर उपत्यकामा नक्कली नोट छापिने घटना बढेका छन्। यसअघि कात्तिक ४ गते पनि महानगरीय प्रहरी वृत्त, बौद्धले उपत्यकामा नक्कली नोटको कारोबार गर्दै आएका तीन जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई नक्कली नोट बनाउन प्रयोग हुने मेसिन, कागज र केही थान नक्कली नोटसहित गोकर्णेश्वर नयाँ बस्तीबाट पक्राउ गरेको थियो। प्रहरीले नक्कली नोट छाप्न प्रयोग हुने एक थान रंगीन फोटोकपी मेसिन, एक थान सिपिओ, एक थान मनिटर, एक थान क्यामेरालगायत उपकरण पनि बरामद गरेको थियो।

यसबाहेक प्रहरीले पोखरा, विराटनगर, नेपालगञ्ज, बिर्तामोड, धनगढी, धरान लगायतका ठाउँमा पनि विभिन्न समयमा नक्कली नोट भेटाएको थियो। अझै पनि त्यसरी नक्कली नोटको गर्ने गिरोहको समूह नै हुनसक्ने भएकाले त्यसतर्फ निगरानीसमेत बताएको छ। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२२, मुद्रासम्बन्धी कसूरअन्र्तगत दफा २५६ अनुसार नक्कली नोटको कारोबार गर्ने र गराउने व्यक्तिलाई मुद्राको परिणाम र मूल्य विचार गरी ५ देखि १० वर्षसम्म कैद र १ लाखसम्म जरिवाना हुने व्यवस्था छ।

प्रकाशित: २ माघ २०७६ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App