महिलाको लिखित जाहेरीपछि चर्चका पास्टर जोशी पक्राउ

उपचारका नाममा ‘यौन शोषण’

बुधबार, ०१ माघ २०७६, ०७ : १५ शिवहरि घिमिरे  | @shivsamir

काठमाडौं – ललितपुर कुसुन्तीकी सीता (नाम परिवर्तन) दम र खुट्टा काँप्ने रोगले ग्रस्त थिइन्। थला पारेपछि कैयौंपटक अस्पताल धाएकी उनलाई औषधिले भेटेन। औषधि खाउन्जेल निको हुने, खान छाडेपछि बल्झिने भएपछि उनी उपचारका अन्य विधि र तरिका खोज्नतिर लागिन्। कैयौंपटक धामीकहाँ पुगेर झारफुक गराइन्। निको भएन। एक दिन उनलाई छिमेकी महिलाले चर्चमा गएर ध्यान गर्दा निको हुन्छ भन्दै त्यसै गर्न सुझाइन्। रोगले सताइरहेका बेला चर्च जाँदा निको हुन्छ भन्ने सुनेपछि उनी कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली नामको चर्चमा धाउन थालिन्। सीता शनिबार–शनिबार नियमित चर्च जान्थिन्।

सीता चर्च जान थालेपछि पास्टर विश्वास भन्ने ध्रुवबाबु जोशी उनीसँग नजिकिन थाले। उनले ‘अघिल्लो जुनीमा नराम्रो काम गरेका कारण यस्तो भएको हो, यसलाई मेटाउन पमेश्वरको विधि अपनाउनुपर्छ’ भन्न थाले। पाप र रोग मेटाउन जोशीले सीतालाई आफूसँग शारीरिक सम्पर्क गर्नुपर्ने बताए। उनले आफू प्रार्थना बस्दा परमेश्वरले यस्तो विधि बताएको भन्दै आफूसँग शारीरिक सम्पर्क राखेको तीन महिनाभित्र रोग निको हुने भनी सीतालाई विश्वस्त पारे। पास्टर जोशीले सीतालाई चापागाउँ (ललितपुर) मोडमा रहेको एक गेस्ट हाउसको कोठामा बोलाएर शारीरिक सम्बन्ध राखे। त्यसपछि पनि दबाब र आशा देखाई पटक–पटक उनले शारीरिक सम्बन्ध राखे। तर रोग निको भएन। रोग निको नभएपछि सीताले रोग निको बनाइदिने झुटो आश्वासन देखाएर जोशीले आफ्नो अस्मिता लुटेको भन्दै कारबाहीका लागि प्रहरी गुहारिन्। उनले प्रहरी परिसर ललितपुरमा जोशीविरुद्ध जाहेरी दिइन्। जाहेरीमा लेखिएको छ, ‘मेरो इच्छाविपरीत ढोका बन्द गरी निज पास्टरले शारीरिक सम्बन्ध राखे। मैले तिमीलाई शारीरिक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा परमेश्वरले दिएको शक्ति नाश हुन्छ र यसको असर तिमीलाई पनि पर्छ भनेर धम्की दिए।’

जाहेरीमा जोशीले पटकपटक बलात्कार गरेको र यो विषयलाई बाहिर लगे परिवार तथा साथीभाइलाई भनिदिने भन्दै डर देखाएको उल्लेख छ। जाहेरीमा जोशीले पछिल्लोपटक पुस पहिलो साता बलात्कार गरेको उल्लेख छ। पीडितको लिखित जाहेरीका आधारमा चर्चका पास्टर जोशीलाई सोमबार ललितपुर प्रहरीले कुसुन्तीबाट पक्राउ गरेको छ।

प्रहरीका अनुसार जोशीले केही समय गोरखामा पार्टी प्यालेससहित रेस्टुरेन्ट पनि चलाएका थिए। केही वर्षअघि जोशीकी सालीले उनीसँगको सम्बन्धका कारण आत्महत्या गरेको पनि खुल्न आएको प्रहरीले जनाएको छ। सालीले आत्महत्या गरेलगत्तै जोशीले गोरखा छाडेका थिए। महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जोशीविरुद्ध जाहेरी परेपछि पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए।

‘धार्मिक आस्था देखाएर फाइदा लिएको देखियो, यस्तो काम गर्ने र गराउनेलाई कानुन अनुसार कारबाही हुन्छ,’ उनले भने, ‘चर्चमा धेरै संख्यामा मानिस आउने रहेछन्, अन्यमाथि पनि यस्तै भएको हुनसक्छ, अनुसन्धान भइरहेको छ।’ जोशीलाई थुनामा राखेर थप अनुसन्धान गर्न मंगलबार पाँच दिनको म्याद थपिएको छ।






यसमा तपाईको मत

अन्य समाचार

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनी एसडिएन बिएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम...

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ईलेक्ट्रीक SUV कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ...

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास...

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम...

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। ...

Ncell Footer Ad