१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हात्तीको आक्रमणबाट ८० वर्षिया वृद्धाको मृत्यु

मकवानपुर- जंगली हात्तीको आक्रमणबाट पश्चिम मकवानपुरको मनहरीकी एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरी गाउँपालिका ३, मेलडाँडाकी ८० वर्षीया मैया थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए।

उनका अनुसार घाँस काट्न घरबाट पर्सा राष्ट्रिय निकुञ्जको करिब साढे दुई किलोमिटरभित्र जंगलमा हात्तीले आक्रमण गर्दा थापाको ज्यान गएको हो। ‘घटनास्थलमै मृत्यु भएपछि उनको शवलाई जाँच गरी मुचुल्का उठाइएको छ,’ उनले भने।

सोमबार बिहान करिब साढे दश बजे भएको घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा ईलाका प्रहरी कार्यालय, नेवारपानीको प्रहरी निरीक्षकको नेतृत्वमा पुगेको टोलीले अनुसन्धान पनि गरेको थियो।

पर्सा राष्ट्रिय निकुञ्जको सिमाना चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले मनहरीमा वर्षेनी वन्यजन्तुले स्थानीयलाई आक्रमण गर्दै आएका छन् भने खेतीपातीसमेत नष्ट गर्ने गरेका छन्।

प्रकाशित: २८ पुस २०७६ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App