१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वीरगन्ज नाकामा तस्करी: एक पटक प्रज्ञापन, अनेक पटक पैठारी

वीरगन्ज- वीरगन्ज भन्सारबाट निस्किएको ट्रक तस्करीमा संलग्न अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। ‘एक पटक प्रज्ञापनपत्र भरेर समान ल्याउने र भन्सारका केही कर्मचारीलाई मिलाएर सोही प्रज्ञापनमा अनेक पटक सामान भित्र्उने धन्दामा प्रयोग गरिएको प्रमाण सहित ट्रक फेला परेको छ,’ पर्साका प्रहरी उपरीक्षक गोबिन्द कुमार साहले भने, ‘२ वटा ट्रक नियन्त्रणमा लिएकोमध्ये प्रज्ञापनमा उल्लेखितभन्दा बढी र फरक किसिमका सामानहरु एउटाबाट करिब १२ लाख बराबरको बरामद भएको छ, अर्कोको चेक जाँच गरिदैछ।’

प्रहरीले नियन्त्रणमा लिएकोमध्ये ना २ ख ९३५३ नम्बरको ट्रकबाट सारी, लहगाँ, कुर्ता सुरवाल सुट लगायत सामानहरु अबैध रुपमा भित्र्याइएको फेला परेको साहले जनाए । ना ३ ख ६०२० नम्बरको अर्को ट्रकमा प्रहरीले शुक्रवार साँझ ६ बजे चेक जाँच सुरु गरेको छ। दुबै ट्रक सामान लिएर भन्सारबाट निस्केको अवस्थामा प्रहरीले बिहीवार राति नियन्त्रणमा लिएको हो।

साहले अनुसन्धानका लागि ट्रकलाई माल सामान सहित पथलैयास्थित राजश्व अनुसन्धान बिभागको क्षेत्रीय कार्यालय पठाउने बताए। वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवान्तक पोखरेले प्रहरीले जाँचबुझ गरिरहेको र राजश्व अनुसन्धान कार्यालयमार्फत कारवाही हुने बताए । ‘गलत गर्नेलाई छोड्ने कुरा आउदैन्, त्यसमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउन मैले प्रहरीलाई आग्रह गरेको छुँ’ पोखरेलले भने।

 

 

प्रकाशित: ८ पुस २०७३ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App