१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

११८ यात्रु सवार लिबियन विमान अपहरणको आशंका

लिबिया– लिबियाको एक यात्रुबाहक विमान माल्टामा उतारिएको छ। माल्टाका प्रधानमन्त्रीका अनुसार उक्त विमान अपहरण भएर माल्टामा उतारिएको हुन सक्ने देखिएको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार एयरबस ए ३२० ले जुन समयमा लिबियाको विमानको बाटो मोडेको थियो सोही समयमा अफ्रिकियाह विमानसँगै उडिरहेको थियो।

प्रारम्भिक जानकारीका अनुसार घटनामा दुई अपहरणकारी सामेल थिए। जसले बम पड्काउने धम्की दिएका थिए।
माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले सुरक्षाको सम्पूर्ण तयारी गरिसकेको जनाइएको छ।

विमानमा ११८ यात्रु रहेको बताइएको छ।

प्रकाशित: ८ पुस २०७३ ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App