१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा राष्ट्रपति पदकबाट सम्मानित डिएसपी आतंकवादीसँगै पक्राउ

फाइल तस्बिर/पीटीआई

नयाँ दिल्ली — भारतमा राष्ट्रपति पदकबाट सम्मानित एक जम्मू कश्मीरका प्रहरी अधिकारी आतंकवादीसँग पक्राउ परेका छन्। संवेदनशील मानिएको श्रीनगर अन्तराष्ट्रिय विमानस्थलमा तैनाथ डिएसपी देविन्दर सिंह शनिबार दुई आतंकवादीसँगै पक्राउ परेका हुन्।

उनलाई श्रीनगर हाइवेमा एक गाडीमा जाँदै गरेको अवस्थामा पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। एनडीटिभीले प्रहरी स्रोतलाई उदृत गर्दै उनीहरु दिल्ली गैरहेको अवस्थामा पक्राउ परेको जनाएको छ। उनी हिजबुल मुजाहिदीनका आतंकारी नबीद बाबूसँग पक्राउ परेका हुन्। बाबूमाथि गत अक्टोबरमा दक्षिणी कश्मीरमा ट्रक ड्राइभर तथा मजदूर हत्यामा संलग्न रहेको अरोप छ।

डिएसपी सिंहलाई गत वर्ष १५ अगष्टमा राष्ट्रपति प्रहरी पदकबाट सम्मान गरिएको थियो। उनी पक्राउ गरेसँगै प्रहरीले आतंकारी सम्बन्धी थुप्रै सामग्री बरामद गरेको छ। भारी मात्रामा हतियार समेत बरामद गरिएको त्यहाँको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ पुस २०७६ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App