१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेनी विमान दुर्घटना: 'भुलवश खसालिएको इरानको स्वीकारोक्ति'

तेहरान - इरानको सेनाले आफूहरुले ‘अन्जानबस’ युक्रेनी यात्रुवाहक जेट विमान खसालेको स्वीकार गरेको छ। इरानको आर्मीले आफ्नो तर्फबाट प्रहार भएको मिसाइल लागेका कारण युक्रेनी विमान खसेको स्वीकार गरेकाे छ। तर सो आक्रमण नियतबस नरहेको इरानी सेनाको भनाई छ ।

इरानी सरकारी टीभीले शनिबार विहान प्रसारण गरेको देशको सेनाको वक्तव्यमा भनिएको छ, ‘मानवीय गल्तीको कारण युक्रेनी विमान गल्तीले खस्न पुग्यो।’ अन्जानमा युक्रेनी बिमान जेटलिनरलाई गोली हानेको वक्तव्यमा उल्लेख छ। वक्तव्यमा घटनाको लागि जिम्मेबारहरुमाथि कारबाही गरिने बताइएको छ। इरानले यस अघि हवाई जहाज प्राविधिक कारणले आफै दुर्घटनाग्रस्त भएको बताउँदै आएको थियो।

तेहरानको अन्तराष्ट्रिय विमानस्थलबाट उडेको विमान उडेको केही समयममै दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा जहाजमा सवार सबै १७६ यात्रुको मृत्यु भएको थियो।

प्रकाशित: २६ पुस २०७६ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App