२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुई अमेरिकी राष्ट्रपतिः जसले महाअभियोग लागेपछि मध्यपूर्वमा धावा बोले

वसिङ्टन - अमेरिका इरान विवाद अहिले विश्वभर चर्चाको विषय बनेको छ। अमेरिकाले गत हप्ता इरानी सेनाका प्रमुख सुलेमानीको हत्या गरेपछि इरानले प्रतिशोध गर्ने चेतावनी दिएको छ। यो घटनाले मध्यपूर्वमा तनाव उत्पन्न भएको छ भने विश्वभर यसको चर्चा भइरहेको छ।

यो घटनासँग एउटा अनौठो संयोग  पनि जोडिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प (रिपब्लिकन) तथा पूर्व राष्ट्रपति बिल क्लिंटन (डेमोक्रेट) मा एउटा अनौठो समानता पनि छ। दुबैकाविरुद्ध जब ‘हाउस अफ रिप्रेजेन्टेटिव’ (संसदको तल्लो सदन)मा अभियोग प्रस्ताव ल्याइयो दुबैले मध्यपूर्वमै धावा बोले।

क्लिनटले त्यती बेला इराकमा मिसाइल आक्रमण गरेका थिए। ट्रम्पले इरानका सैन्य कमाण्डरलाई नै मारिदिए। अमेरिकाका ४२ औं राष्ट्रिपति बिल क्लिन्टलमाथि सन १९९८ मा रिपब्लिकनले तत्लो सदनमा महाअभियोग प्रस्ताव लगे। त्यसबाट बच्न क्लिन्टनले इराकमाथि धावा बोले। महाअभियोगको बचाव गर्न इराकमाथि मिसाइल आक्रमणको चेतावनी दिएको टिप्पणी भयो।

त्यस्तै संयोग यो पटक पनि पर्यो। वर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याइएको छ। यहीँ बेला उनकै आदेशमा इरानका विशेष सुरक्षा बल कुद्स कमाण्डर सुलेमानीको हत्या भयो। न्यूयोर्क टाइम्समा १७ डिसेम्बर १९९८ मा प्रकासित समाचारअनुसार हमेरिकी मिसाइल आक्रमणबाट इराक विभिन्न शहरमा आयो बलेको थियोे। पेन्टागनले भनेको थियो, इराकमा बिना रणनीति अथवा कुनै चेतावनी ने नदिइ २४ घण्टासम्म २ सय भन्दा बढी मिसाइल खसाइयो। इराकमा आक्रमणपछि रिपब्लिकनले महाअभियोग प्रस्ताव स्थगित गरेका थिए।

क्लिन्टनमाथि एक अदालतमा झुठो वयान दिएर न्यायमा बाधा गरेको भन्दै महाअभियोग लगाइएको थियो। ‘हाउस अफ रिप्रेजेन्टेटिव’ले महाअभियोगको स्वीकृति दिएको थियो। तर सिनेटले खारेज गरिदियो।

अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिव’ ले पनि ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव स्वीकृत गरेको छ। तल्लो सदनले उनीमाथि दुई आरोप लगाएका छन्। पहिलो सत्ताको दुरुपयोग गरेको र दोस्रो संसदको काममा अवरोध गरेको। तर उक्त प्रस्ताव रिपब्लिकनको बहुमत रहेको सिनेटमा छलफल हुन बाँकी छ। सिनेटमा रिपब्लिकनको दबदबा रहेकोले यो पटक पनि ट्रम्प महाअभियोग प्रस्ताव पारित नहुने लगभग पक्का जस्तै छ। 

 

प्रकाशित: २२ पुस २०७६ ०७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App