१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हराएका मोबाइल भेटाउन समस्या

काठमाडौं – भक्तपुर थिमीका श्यामकृष्ण बस्नेतले बुधबार जडिबुटी चोक नजिकै मोबाइल हराए। बाटोमा हिड्दैगर्दा उनले हराएको मोबाइलको अहिलेसम्म पत्तो नै छैन। मोबाइन नभेटेपछि खोजी गरिदिन भन्दै महानगरीय प्रहरी परिसर टेकु उनले निवेदन दिए। मोबाइल खोजतलास शाखामा निवेदन दर्ता गराएपछि १५ दिनपछि बोलाइएको थियो।

बस्नेत जस्तै मोबाइल हराएर महानगरीय प्रहरी परिसर काठमाडौंमा निवेदन दिनेको संख्या दैनिक ५० भन्दा बढी हुने गरेको बताइएको छ। हराएर खोजीका लागि निवेदन दिनने अधिकांशको मोबाइल महंगो मूल्यको हुने गरेको प्रहरीले बताएको छ। पछिल्ला तीन वर्षमा ३८ हजार ७ सय ८७ वटा मोबाइल हराएको भन्दै निवेदन आएको प्रहरीले जनाएको छ। त्यसमध्ये चार हजार पाँच सय मोबाइल फेला परेका छन् भने अन्य मोबाइल फेला पर्ने सम्भावना कम रहेको प्रहरीले बताएको छ।

हराएका मोबाइल फेला पर्ने सम्भावना भने कम रहेको छ। प्रहरीका अनुसार हराएको मोबाइल भेटाउने सम्भावना १० प्रतिशत मात्रै हुन्छ। हराएका मोबाइल कसैले फेला पारेमा कोड परिवर्तन गरेर प्रयोग गर्ने हुँदा फेला पर्ने सम्भावना कम हुने गरेको बताइएको छ। यात्राका क्रममा मोबाइल बढी हराउने गरेको तथ्यांकले देखाएको छ।

असुरक्षित ढंगले मोबाइल राख्दा हराउने गरेको प्रहरीको भनाइ छ। मोबाइल हराएको भन्दै निवेदन आएपछि प्रहरीले नेपाल दुरसञ्चार र एनसेलसँगको सहकार्यमा मोबाइल खोजी गर्ने गरेको जानकारी छ। यसरी खोजी गर्दा नेटवर्क कन्ट्रोलभन्दा बाहिर भए फेला पर्दैन।

प्रकाशित: २२ पुस २०७६ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App