१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तिवारीका हत्यारालाई पक्राउ गर्न माग गर्दै बर्दिबासमा प्रर्दशन

महोत्तरी– युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारालाई अविलम्ब पक्राउ गर्नुपर्ने माग गर्दै नेकपा एमाले समर्थित नेता कार्यकर्ताहरुले बर्दिवासमा मंगलबार दिउँसो जुलुस प्रर्दशन गर्नुका साथै एक घण्टा चक्का जाम गरेका छन्।

नेकपा एमाले समर्थित नेता कार्यकर्ताहरुले पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बर्दिवासमा हत्यारालाई अविलम्ब पक्राउ गर्नुपर्ने माग गर्दै जुलुससहित एक घण्टा चक्का जाम गरेका छन्।

दिउँसो एक बजेदेखि दुई बजेसम्म एमालेका नेता कार्यकर्ताहरुले मानवकडी बनाएर चक्का जाम गर्दा पूर्व–पश्चिम लोकमार्ग भएर चल्ने सावारी अवागमन ठप्प हुन पुगेको थियो।

चक्का जामका कारण सवारी अवागमन ठप्प हुँदा गन्तव्यतर्फ हिँडेका यात्रुहरुलाई समस्याको सामाना गर्नु परेको थियो।
नेकपा एमालेको भ्रातृ संगठन युवा संघ महोत्तरीको नेतृत्वमा सडकमा उत्रेका नेकपा एमालेका सयौं संख्याका नेता कार्यकर्ताहरुले घटना भएको दुई दिन बितिसक्दा पनि प्रहरीले हत्यारालाई पक्राउ गर्न नसकेकोमा आक्रोश व्यक्त गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

रुपन्देहीको देवदह नगरपालिका ८ मा अज्ञात समूहले तिवारीको दिउँसै गोली हानी हत्या गरेको थियो। पाँच नम्बर प्रदेश विखण्डनविरुद्ध आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका तिवारीको हत्याले युवा संघलाई अपूरणीय क्षति पुगेको युवा संघ महोत्तरीको कथन छ।

प्रकाशित: ५ पुस २०७३ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App