१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

भ्रमण वर्ष मनाउन दयाहाङसहित दर्जन कलाकार उदयपुर आउँदै

संघले सार्वजनिक गरेको गाईघाट आउने कलाकारको फोटो अंकित पोष्टर ।

उदयपुर- नेपालको सिनेजगतमा ख्यातिप्राप्त कलाकार दयाहाङ राई गाईघाट आउने भएका छन्। ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को अवसर पारेर आन्तरिक पर्यटन विकास गराउन नथा आउँदो १९ देखि २१ गतेसम्म गाईघाटमा हुने ‘किरात राई सांस्कृतिक कलाकार संघको पाचौं राष्ट्रिय सम्मेलन’मा सहभागी हुन अभिनेता राई आउन लागेका हुन्।

बुधबार किरात राई सांस्कृतिक कलाकार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा भ्रमण वर्षँ मनाउदै सम्मेलन सफलताको कामना गर्न अभिनेता राई दर्जन चर्चित कलाकारसहित उदयपुर आउन लागेको जानकारी दिइयो छ। अभिनेता राईसहितको कलाकार टोलीलाई संघले कार्यक्रममा विशेष प्रस्तुती दिन तथा जिल्लाका ऐतिहासिक र पर्यटकीयस्थलहरुको भ्रमण गराउन संघका सचिव रोशन राईले बताए।

नायक दयाहाङसँगै कालजयी लोकगायक शम्भु राई, लोक तथा जनवादी गायक जितेन राई, भिषण मुकारुङ, रेवत राईहरु पनि आउने संघले जनाएको छ। चर्चित गायिकाहरु पार्वती राई, सत्यकला राई, सुशिला राईले पनि प्रस्तुती दिने आयोजकले जनाएको छ।

सम्मेलनलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न बिभिन्न उपसमितिहरु गठन गरी प्रचारप्रसार तथा व्यवस्थापन तीब्र पारिएको र लगभग तयारी पूरा भएसकेको आयोजकले जनाएको छ। ३ दिनसम्म चल्ने सम्मेलनमा देशभरका किरात राई कलाकारहरुको प्रतिनिधित्व हुनेछ। पहिलो दिन उद्घाटनपछि पर्यटनमैत्री विविध सांस्कृतिक कार्यक्रम गरिने छ भने त्यसपछिका दुईदिनको बन्दसत्रले संघको नयाँ नेतृत्व चयन गर्ने सचिव राईले बताएका छन्।

 

प्रकाशित: १६ पुस २०७६ १३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App