१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारी अस्पताललाई सबैको साझा अस्पताल बनाउँछु: गगन थापा

कटारी (उदयपुर)- स्वास्थ्यमन्त्री गगन थापाले सरकारी अस्पताललाई गरिव र सर्वसाधारणको साझा अस्पताल बनाउनुपर्ने बताएका छन्।  आउँदो माघसम्ममा देशका प्रत्येक अस्पताललाई न्यूनतम आवश्यक भौतिक उपकरण सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै मन्त्री थापाले त्यसपछि कोही जनता सरकारी अस्पतालबाट उपचार नगरी फर्कनु नपर्ने वातावरण बन्ने अपेक्षा गरे।

उनले सरकारले पछिल्लो समय स्वास्थ्य विमा कार्यक्रम अघि सारेको बताउँदै सबैलाई विमा गर्न आग्रह गरे । विमा शूल्क तिर्न नसक्ने गरिव जनताका लागि सरकारले नै विमावापतको रकम तिरिदिने घोषणा पनि उनले गर । नेपाल रेडक्रस सोसाईटी उपशाखा कटारीको समन्वयमा आयोजित कार्यक्रममा मन्त्री थापाले स्वास्थ्य विमाको व्यवस्था खासगरी गरिव जनताका लागि नै ल्याइएको बताए। स्वास्थ्य विमा गर्न सबैलाई आग्रह गर्दै शूल्क तिर्न नसक्नेलाई सरकारले तिरिदिने व्यवस्था चाँडै मिलाउन लागेको जानकारी दिए ।

थापाले विद्यमान स्वास्थ्य क्षेत्रको विकृति विसंगति हटाउन आफु स्वास्थ्य मन्त्रालय रोजेको पनि बताए। सबै नेपालीलाई स्वास्थ्य विमा अनिवार्य गर्न आग्रह गर्दै उनले आम समुदायको पहुँचमा सरकारी अस्पताललाई सबै खालको सेवा सुविधायूक्त बनाउन यस्तो अवधारणा ल्याइएको बताए । सरकारी अस्पतालबाटै सबै खालको स्वास्थ्य उपचार सेवा प्रदान गर्ने वातावरण बनाउन राजनीतिक दल, चिकित्सक, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय र व्यक्ति तथा सर्वसाधारणले सहयोग गर्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा जापान रेडक्रसको सहयोगमा प्राप्त एउटा एम्वुलेन्स र फोल्डिङ एम्बुलेन्स स्ट्रेचर २० थान, पिएलएक्स मोडेलको डिजिटल एक्स–रे मेसिन १ थान, युएसजी मेसिन १ थान, इसिजी उपकरण १ थान, अटो हेमाटोलोजी एनालाईजर १ थान, बायोकेमिस्ट्री इन्जिन १ थान, ओछ्यानसहितको अस्पताल शैय्या १० थान र अक्सिमेटर पुट्स १ थान गरी ८ किसिमका ३७ थान उपकरण अस्पताललाई प्रदान गरिएको छ।

प्रकाशित: ५ पुस २०७३ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App