२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

डडेल्धुरामा उत्तराईन पर्व धुमधामसँग मनाइँदै

डडेल्धुरा- डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा मंगलबार पुसे पन्ध्र अर्थात उत्तराईन पर्व परम्परागत रुपमा धुमधामसँग मनाइँदै छ। पुस १५ गते ठूलीरातका दिनमा पनि मनाईन्छ। यस दिन रात वर्षको सबै भन्दा लामो हुने भएकाले ठूलीरात भनिन्छ। आजका दिन तरुल, सखरगञ्ज पाकाएर खाने प्रचलन छ।

आजका दिन घाससमेत नकाट्ने परम्परा छ। उत्तराईन्का दिन काटे उतर्ने अर्थात पछि नपालाउने जनविश्वास रहि आएको छ। ठूलीरातमा राति मीठा परिकार खाने, जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाई धुवाई गर्ने चलन रहेको पण्डित लोकराज भट्टले बताए।

पुसे पन्ध्र उत्तत्रराईनकी रातका रुपमा समेत मनाइने यो पर्वमा १५ किसिमका परिकार खाने प्रचलन छ। तेल वा घिउमा तारेर खाने कुरा तयार पारिन्छ। यस्तै, घिउ हालेको भात खाने गरिन्छ।

अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २२ तारिखलाई वर्षको सबै भन्दा छोटो दिन भनिए पनि सुदूरपश्चिममा भने पुस १५ लाई छोटो दिनका रुपमा मानिन्छ। उत्तराईनदेखि नै रात घट्दै जाने र दिन बढ्दै जाने भन्ने जनविश्वास छ।

 

प्रकाशित: १५ पुस २०७६ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App