१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

२२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा हुने

तस्बिर श्रोतः भक्तपुर नगरपालिका

भक्तपुर- यस वर्षको २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा हुने भएको छ। यसअघिसम्म काठमाडौंमा मनाउँंदै यो दिवस यस वर्ष भने भक्तपुरमा मनाउने भएको भक्तपुर नगरपालिकाले जनाएको छ।

दिवस भव्यताका साथ भक्तपुरमा मनाउन आइतबार गृहमन्त्रालयमा आयोजित राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिको बैठकले भक्तपुर नगरपालिकालाई जिम्मा दिएको जनाएको छ। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सम्पन्न मूल समारोह समितिले २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस माघ २ गते भक्तपुर नगरपालिकाको दरवार क्षेत्रमा गर्ने र सो कार्यक्रमको जिम्मा भक्तपुर नगरपालिकालाई दिने तय गरेको नगरपालिकाले जनाएको छ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भूकम्पलगायतका विपद्बाट जनतालाई सुरक्षित पार्ने प्रमुख दायित्व राज्यको भएको बताएको जनाइएको छ।
 

प्रकाशित: १३ पुस २०७६ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App