१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लयमा फर्कियो वीरगन्ज नाकाको राजश्व असुली

वीरगन्ज- पोहोरको साढे चार महिने नाकाबन्दीले साबिकभन्दा आयात–निर्यात र अरु आर्थिक गतिबिधी  घटेपछि सिथिल बनेको वीरगन्ज नाका एक बर्षपछि फेरी लयमा फर्किन थालेको छ। देशको सबभन्दा ठूलो वीरगन्ज भन्सार कार्यालयले तोकेको राजश्व लक्ष्य उछिनेको छ भने रेलमाध्यमले समुद्री ब्यपारमार्गलाई जोड्ने देशको एकमात्र सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयले पोहोरको दाँजोमा राम्रो राजश्व असुल गरेको छ।

यहाँस्थित दुबै भन्सारको यो बर्षको राजश्व संकलनको अवस्था हेर्दा लक्ष्य नाघेर यो बर्ष वीरगन्जले फेरी पनि देशको कुल भन्सार राजश्व संकलनमा आधाभन्दा बढी योगदान गर्ने भएको छ। आधाभन्दा घटीमा देशका बाकी १६ भन्सार कार्यालयलाई राजश्व संकलनको लक्ष्य भन्सार बिभागले तोकेको छ। यो बर्ष भन्सार बिभागले देश भरीका १८ भन्सार कार्यालयबाट २ खर्ब ४६ अर्ब रुपैया राजश्व संकलन गर्ने लक्ष्य बनाएको छ । यसको साढे ४३ प्रतिशत अर्थात १ खर्ब ७ अर्ब रुपैया राजश्व असुलीको एक्लै लक्ष्य लिएको वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो ५ महीनामा लक्ष्य ४३ अर्ब ४४ करोड ४९ लाख रुपैयाँभन्दा करीब ७ प्रतिशत बढी ४६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको अभिलेख छ।

आयात निर्यातका दृष्टिले मुलुककै मुख्य नाकामा रहेको यो भन्सारमा अघिल्लो वर्ष सो अवधिमा लक्ष्यको तुलनामा आधा पनि राजस्व उठेको थिएन। वीरगन्जमा केन्द्रित मधेसवादी दलले गरेको आन्दोलनको क्रममा भएको नाका अवरोधले आर्थिक बर्ष २०७२/०७३ मा यस अवधिमा १४ अर्ब ६६ करोड ५५ लाख रुपैयाँमात्र राजस्व संकलन भएको थियो। जबकी ३० खर्ब ८२ करोड २८ लाख रुपैयाँको लक्ष्य निर्धारित थियो । यो बर्ष भन्सार शुल्क १७ अर्ब २३ करोड २२ लाख रुपैयाँ, मूल्य अभिवृद्धि कर १६ अर्ब ५० करोड ५७ लाख रुपैयाँ गरेको छ भने अन्तःशुल्क ९ अर्ब ८६ करोड ८४ लाख रुपैयाँ भन्सारले उठाएको छ। अन्तशुल्कमा उल्लेखनीय रुपमा लक्ष्यको तुलनामा ५५ प्रतिशतभन्दा बढी असुली भएको प्रमुख भन्सार अधिकृत सेवान्तक पोखरेलले बताए । मङ्सिरसम्मका लागि ६ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ अन्तःशुल्को लक्ष्य थियो ।

तयसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालयले ८ अर्ब ९१ करोड ३४ लाख ३६ हजार रुपैया कुल राजश्व असुल गरेको यहाँका प्रमुख भन्सार अधिकृत सूर्य सेढाईले बताए । असुल रकम भनेको लक्ष्य ९ अर्ब ३६ लाखभन्दा डेढ प्रतिशत मात्र घटी हो । असुलीमध्ये ३ अर्ब ६३ करोड ७० लाख भनसार शुल्क, ३ अर्ब ८ करोड ३७ लाख मुल्य अभिबृधी कर र १ अर्ब २९ करोड २६ लाख रुपैया अन्तशुलक छ । चालु आर्थिक बर्षको बितेका ५ मध्ये ४ महिनामा लक्ष्यभन्दा बढी असुली गरको यस भन्सार कार्यालयले कातिकमा लक्ष्यभन्दा २४ प्रतिशत घटी मात्र असुली गर्न सकेको थियो । असोजमा पर्वहरु परेकोले ‘कन्साइनमेन्ट’ तय नहुदा कातिकमा लक्ष्य घटेको कार्यालयका कर्मचारी बताउछन् । यो बर्ष बार्षिक लक्ष्य पुग्नेमा यहाँका भन्सार अधिकृतहरु बिश्वस्त छन् । यस कार्यालयले २३ अर्ब ७६ करोड ५५ लाख रुपैया राजश्व संकलनको लक्ष्य पाएको छ । वीरगन्ज भन्सार र सुक्खा बन्दरगाह भन्सार दुबैको लक्ष्य जोड्दा १ खर्ब ३० अर्ब रुपैया राजश्व असुलीको लक्ष्य रहेको छ।

प्रकाशित: ४ पुस २०७३ १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App