१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

होटल पौवामा पनि भ्रमण वर्षको स्वागत

भैरहवा- आन्तरिक तथा बाह्य पर्यटकलाई विशेष छुट दिँदै होटल पौवाले पनि नेपाल भ्रमण वर्षको स्वागत गर्ने भएको छ।

नेपाली परम्परा र सस्कृतिलाई सबै माझ पस्किदै २० लाख पर्यटक भित्र्याउने नेपालको लक्ष्यमा सहयोग पुग्ने उद्देश्यले ‘होटल पौवा जहाबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने नारा आत्मसाथ गर्दै  देशभर भ्रमण वर्षको स्वागत गर्ने भएको हो।

नेपालका मौलिक संस्कृतिलाई प्रतिनिधित्व गर्दै २० प्रकारका रैथाने खानाका परिकारसहित प्रदेश ५को चिनारीको परिकार बौद्धकालिन खाना ‘सुजाता खीर’ लाई देश भरिका पौवा होटलको  नियमित डेजर्टको रुपमा राख्दै नयाँ वर्षलाई स्वागत गर्न लागेको छ। नेपाली खानालाई अन्तराष्ट्रियकरण गर्दै नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्षका लागि पनि होटलले आन्तरिक र बाह्य पर्यटकका लागि १० प्रतिशत छुटको व्यवस्था गरेको छ।
भ्रमण वर्षको स्वागतकै अवसरमा पुस १५ गते मंगलबार रुपन्देहीमा रहेको होटल पौवा भैरहवा र योगिकुटीमा न्यू ईयर ईभ २०२० को विशेष कार्यक्रम आयोजना हुन लागेको कम्पनिले भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

निःशुल्क प्रवेशसहित सुलभ मूल्य ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्ममा परिकार उपलब्ध गराउनुका साथै राष्ट्रिय तथा चर्चित कलाकार प्रमोद खरेल, लोक गायिका टिका प्रसाई, हास्य कलाकार राजा राजेन्द्र, रुद्रादेवी कला केन्द्रको प्रस्तुतीसहित स्थानीय कलाको प्रस्तुती रहने होटल पौवा भैरहवाका प्रबन्धक विष्णु भण्डारीले बताए।
यसका साथै हामीले छिटै माइलेज कार्ड पनि संचालनमा ल्याउदै छौ, जसबाट हाम्रा ग्राहकहरुले देशका कुनै पनि शाखा १० प्रतिशत छुट पाउनुका साथै कार्डबाट सेवा लिएमा विशेष प्वाइन्टबाट थप छुट पाउने व्यवस्था हुनेछ प्रबन्धक भण्डारीले बताए।  

‘१० वर्षमा देशभरमा १०० वटा शाखासहितको योजना लिएर हामी विगत तीन वर्षदेखि सेवा दिँदै आएका छौ पहिलो चरणमा हामीले रुपन्देहीसहित दाङको भालुवाङ, कपिलवस्तुको गोरुसिङे, पाल्पा, गुल्मी र कर्णलीको जुम्लामा पनि सेवा सुरु गरेका छौ। यही आर्थिक वर्षमा महेन्द्रनगर, धनगढी, अतरीयामा पनि सेवा सुरु गर्ने लक्ष्य छ।’ प्रबन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले बताए।

कर्णालीको चिसापानी, पोखरा, काठमाण्डौ, पूर्वमा जनकपुर र बर्दिवासमा पनि यही वर्षदेखि शुरुवात गर्नेछौ। यसका साथै तीन वर्षिय योजनामा विराटनगर, इलाम, इटहरीमा पनि शाखा विस्तार गरी विदेशीसँग सहकार्य गरी देश बाहिर पनि सेवा सुरु गर्ने कम्पनिको योजना छ।

 

प्रकाशित: ११ पुस २०७६ ०८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App