१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

घुससहित अदालतका दुई कर्मचारी पक्राउ

भैरहवा- भैरहवामा घुससहित २ जना पक्राउ परेका छन्। जिल्ला अदालत रुपन्देहीमा कार्यरत लेखपाल र नायब सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलले दुई हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

सेवाग्राहीसगँ मुद्दाको धरौटी रकम फिर्ता गराउनमा सहजीकरण गरिदिने भन्दै घुस लिदै गर्दा अदालतका लेखपाल विनोद शर्मा र नासु बुद्धिप्रकाश न्यौपानेलाई रंगेहात नगदसहित पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले बताए।

पिडित सेवाग्रहीबाट कर्मचारीले घुस लिएको सूचना आयोगमा आएपछि कार्यालयबाट खटिएको टोलीले द्वयलाई पक्राउ गरेको हो।

करिब ६ बजे कार्यालय समय पश्चात अदालत नजिकै रहेको खाजाघरबाट उनीहरुलाई पक्राउ गरी नियन्त्रणमा लिएका हो। शर्मा र न्यौपानेलाई थप अनुसन्धानका लागि आयोगले नियन्त्रणमा राखेको अख्तियारले जनाएको छ।  
 

प्रकाशित: ८ पुस २०७६ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App