१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संघीयता विरोधी भन्दै ओली, रायमाझी र भण्डारीको पुत्ला दहन

नवलपरासी–मधेस र संघीयता विरोधीको आरोप लगाउँदै मधेसी मोर्चाले आइतबार परासीमा केपी ओली, चन्द्र भण्डारी र टोपबहादुर रायमाझीको पुतला दहन गरेको छ ।
 परासीको बुद्ध चोकमा शीर्ष नेताको पुतला दाहन गरी दाह संस्कारपछि शोकमा दहि चिउरा खाएको तमलोपाका जिल्ला नेता पुरन चौधरीले बताए।

शनिबार दिउँसो सांकेतिक विरोध स्वरुप एमाले अध्यक्ष केपी ओली, कांग्रेस नेता चन्द्र भण्डारी र माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीको पुतलालाई दहन गर्दै मोर्चाले कार्यकर्ताले शोकमा दही चिउरा खाएको चौधरीले बताए।

 ५ नम्बर प्रदेशलाई टुक्र्याएको विरोधमा गरिएको आन्दोलनका क्रममा बुटवलमा सम्बोधन गर्ने क्रममा ५ नम्बर प्रदेश टुक्राउन नहुने भन्दै  नेताहरुले  मधेस बिरोधी अभिव्यक्ति दिएकाले उनीहरुको पुत्ला दहन गरिएको तमलोपाका जिल्ला नेता चौधरीले बताए।

सरकारले मधेसका जिल्लालाई मात्र समेटर प्रदेश नं. ५ बनाउने गरी संविधान संसोधन प्रस्ताव दर्ता गरेको विरोधमा एमालेले आयोजना गरेको बुटवलको आन्दोलनमा माओवादी केन्द्रका नेता रायमाझी र कांग्रेस नेता भण्डारीले ५ नम्बर प्रदेश कुनै हालतमा फुट्न नदिइने  बताएका थिए।
 एमालेको आह्वानमा भएको तीन दिने आम हडाताललाई मोर्चाले सदरमुकाम परासीमा प्रतिकार गर्दै पहिलो दिन एमालेको झण्डा जलाएका थिए भने दोस्रोत दिन शीर्ष नेताका पुत्ला बनाइ दहन गरेका थिए।

प्रकाशित: ३ पुस २०७३ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App