१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मुसहर समुदायमा दाउरा वितरण

उदयपुर– उदयपुरको दलित मुसहर (सदा) बस्तीमा डिभिजन वन कार्यालय गाईघाटले चिसोबाट जोगिन निःशूल्क दाउरा वितरण गरेको छ।

केहीदिनयता बढेको अत्याधिक चिसोका कारण प्रभावित भएको मुसहर बस्तीमा डिभिजन वनको प्रयास र शान्तिधाम तथा त्रियुगा नगरपालिकाको समन्वयमा दाउरा वितरण गरिएको हो। 

आईतबार विहान त्रियुगा नगरपालिका ९ गहिरुनस्थित सदा बस्ती पुगेर २ हजार किलो दाउरा वितरण गरेको डिभिजन सहायक वन अधिकृत जागेश्वरप्रसाद साहले बताए।

उनका अनुसार जिल्ला समन्वय समिति उदयपुरकी उपप्रमुख गंगा राई, प्रमुख जिल्ला अधिकारी ध्रुुवबहादुर खड्का, सशस्त्र प्रहरी बल गणपति एसपी गार्धन राई, वहुधार्मि शान्तिधामका अध्यक्ष गिरीराज खतिवडाले मुसहर बस्तीका बिभिन्न ठाउँ पुगेर दाउरा वितरण गरिएको हो। 

वन कार्यालयले आईतबारै सदरमुकाम गाईघाट बजारका मुख्य चोक, आदिबासी चोक, पुरानो गाईघाट र आदिवासी चौक तथा डिएमगेटमा पनि आगो ताप्न सर्वसाधारणलाई सहज होस् भनेर दाउरा वितरण गरिएको जनाएको छ।

प्रकाशित: ७ पुस २०७६ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App