१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

उदयपुर- उदयपुरमा ट्याक्टर दुर्घटनामा परी सहचालकको मृत्यु भएको छ। त्रियुगा नगरपालिका १३ पूर्व–पश्चिम बरुवा बसपार्कस्थित भित्रि सडकमा स १ त ६८०० नं. को ट्याक्टर दुर्घटनामा परी त्रियुगा ६ जलजलेका १६ वर्षीय प्रवेश अलि मियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए अनुसार शुक्रबार राति ८ बजेको समयमा दुर्घटनामा पर्दा ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका मियाको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मध्येराति मृत्यु भएको हो। शत्रुल मियाका छोरा उनी ट्याक्टरमा सहचालकको रुपमा काम गर्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीले मृतकको शव पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाउने तयारी भईरहेको छ भने ट्याक्टर र चालक त्रियुगा ७ जलजलेकै ४५ वर्षीय श्यामकुमार चौधरीलाई नियन्त्रणम लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित: ५ पुस २०७६ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App