१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पाथीभरा क्याम्पसको प्रशासन कक्षमा तालाबन्दी

पाथीभरा क्याम्पसको प्रशासन कक्षमा तालाबन्दी गर्दै अनेरास्ववियुका विद्यार्थी नेता। तस्बिर: नागरिक

ताप्लेजुङ - आफूहरुले राखेका मागको उचित सुनुवाइ नभएको भन्दै सत्तारुढ दल निकट अनेरास्ववियुले बिहीबार ताप्लेजुङ सदरमुकामस्थित पाथीभरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख र प्रशासन कक्षमा तालाबन्दी गरेको छ। विद्यार्थीले तिनुपर्ने शुल्कमा अनावश्यक रूपमा भएको ३० प्रतिशत वृद्धि,आर्थिक अपारदर्शीता,विषयगत शिक्षकको माग र क्याम्पस प्रसासनले विद्यार्थीहरुमाथि गर्ने मनोमानी व्यवहार विरुद्ध तालाबन्दी गरिएको अनेरास्ववियुको पाथीभरा बहुमुखी क्याम्पसका संयोजक छत्र गुरुङले जानकारी दिए।

चरणवद्ध आन्दोलनका कार्यक्रममा समेत क्याम्पस प्रशासन माग सम्बोधन गर्न तयार नभएको र उल्टै बिद्यार्थीका मागप्रति बेवास्ता राख्न थालेकोले बाध्य भएर तालाबन्दी गरिएको उनले बताए। तर तालाबन्दी भएपनि पठनपाठनमा भने कुनै समस्या नरहने उनले बताए।

यसअघि उनीहरुले माग सम्बोधनको पक्षमा क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको हस्ताक्षर संकलन गरी जिल्ला प्रसाशन कार्यालय, जिल्ला समन्वय समिति र फुङ्लिङ नगरपालिको ऐक्यवद्धता पत्र समेत बुझाएका थिए।

प्रकाशित: ३ पुस २०७६ ०७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App