१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

तीन घटनास्थलमा र एक उपचारको क्रममा मृत्यु, मृतक एकै गाउँका

उदयपुर- उदयपुरको पश्चिमी भेग उदयपुरगढी गाउँपालिका ३ जरुवामा बिहीबार विहान भएको जीप दुर्घटनामा परी ४ यात्रुको मृत्यु भएको छ। उदयपुरगढी ३ बर्रेदेखि कटारीतर्फ जाँदै गर्दा जरुवा तामलडाँडास्थित भित्री सडकमा अनियन्त्रित भई दुर्घटनामा परेको एसके ०१ पीबी ३०६८ नं. को बोलेरो जीपमा सवारमध्ये ३ को घटनास्थलमै र १ को उपचार गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी उदयपुरगढीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार विहान ९ बजेर ३० मिनेटमा अनियन्त्रित भई सडकभन्दा २ सय मिटर तल खस्दा ६१ वर्षीय टीकनारायण श्रेष्ठ, ४७ वर्षीय ढकबहादुर श्रेष्ठ, ४७ वर्षीय मीननारायण श्रेष्ठ र ३५ वर्षीय टीकाराम श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा परी ३ जनाको घटनास्थलमै र टीकारामको उपचारको क्रममा कटारी अस्पतालमा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

मृतक श्रेष्ठ परिवार पुख्र्यौली गाउँ बर्रेबाट फर्कने क्रममा दुर्घटनामा परेको एसपी मगरले बताएका छन्। उनका अनुसार मोरङको पथरी शनिश्चरेमा स्थायी बसोबास गर्ने श्रेष्ठ परिवार सिक्कीमको जीप भाडामा लिएर गाउँ आएको र आफन्तजनसँग भेटघाटपछि फर्कने क्रममा दुर्घटनामा परेको हो।

जीपमा सवार ८ मध्ये ४ को मृत्यु, दुई जना घाइते र २ जना सामान्य रहेका छन्। चालक सिक्कीमका भुपाल राई पनि सामान्य घाइते भएको प्रहरी चौकी उदयपुरगढीले जनाएको छ। घटनास्थल चौकी भन्दा २३ किलोमिटर टाढा रहेकोछ।

 

प्रकाशित: ३ पुस २०७६ ०७:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App