१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरको जरुवामा बोलेरो दुर्घटना, ३ यात्रुको मृत्यु

उदयपुर- उदयपुरको पश्चिमी भेग उदयपुरगढी गाउँपालिका ३ जरुवामा बिहीबार भएको जीप दुर्घटनामा ३ यात्रुको मृत्यु भएको छ। जरुवाको भित्री सडक भएर कटारीतर्फ जाँदै गरेको एसके ०१ पीबी ३०६८ नं. को बोलेरो जिप दुर्घटनामा पर्दा त्यसमा सवार ५ मध्ये ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी उदयपुरगढीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए अनुसार विहान ९ बजेर ३० मिनेटमा अनियन्त्रित भई सडकभन्दा २ सय मिटर तल खसेर दुर्घटनामा परेको जीपमा घाइतेहरुको कटारी अस्पतालमा उपचारको क्रममा ११ बजे मृत्यु भएको हो। प्रहरी चौकी उदयपुरगढीको टोलीले २३ किलोमिटर टाढा पर्ने घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारार्थ कटारी अस्पताल पुर्‍याएको जिल्ला प्रहरी प्रमुख एसपी वीरवहादुर बुढामगरले बताए।

भारत सिक्किम प्रान्तको नं. भएको गाडीका मृतकहरुको नाम, ठेगाना र उमेर खुल्न बाँकी रहेको एसपी मगरले बताएका छन्। उनीहरु कुन प्रयोजनमा कहिले आएका थिए भन्ने विषय पनि नखुलिसकेको उनले बताए। सबै यात्रु र चालक घाइते भएकाले जीप दुर्घटनास्थलमै छाडिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ पुस २०७६ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App