२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्राफिकको तीन महिने उज्यालो अभियान

काठमाडौं – सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र विद्यार्थीलाई लक्ष्य गरी कठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन महिने ट्राफिक उज्यालो अभियानको सुरु गरेको छ। उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन र दुर्घटना न्यूूनीकरण गर्न अभियान सुरु गरिएको हो। ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म पुु¥याउने, सडक अनुशासनको विषयलाई संस्कारका रूपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले अभियान सुरु गरेको बताइएको छ।

ट्राफिक नियमको व्यावहारिक प्रयोग, लेन अनुशासन, मर्यादित सवारी हँकाइ, कानुन पालना नगर्दा र लापरवाहीलाई न्यूनीकरण गर्न अभियान सञ्चालन गरेको महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेन्द्र थापाले बताए। उनका अनुसार एक वर्षमा दुई हजारको संख्यामा दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्यांक रहेको छ। पुस, माघ र फागुन तीन महिनासम्म सञ्चालन हुने अभियानका क्रममा एक लाख नागरिकलाई सचेतना दिइने छ। महाशाखा र माताहतका ४० एकाइबाट सञ्चालन गरिने उक्त अभियानमा अधिकृतसहित एक सय ३० ट्राफिक प्रहरी परिचालन हुनेछ।

त्यसक्रममा कम्तीमा सार्वजनिक भाडाका सवारी चालक र सहचालक ३० हजार, निजी सवारी चालक १५ हजार सरकारी चालक पाँच हजार, पैदलयात्री २० हजार र विद्यार्थीलाई प्रशिक्षित गराउने महाशाखा प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए। कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आकाशेपुलहरू निर्माण भए पनि प्रयोग नहुनु दुःखद भएको बताए।

सडक लेन अनुुशासनको पालना नगर्ने, नागबेली पारेर सवारीसाधन कुुदाउने, मादक पदार्थ सेवन गरेर, मोबाइलमा कुरा गर्दै सवारी दौडाउने र तिव्रगतिमा मोटर साइकल हाँक्ने नै बढी दुर्घटनामा हुने गरेको प्रहरीले बताएको छ। चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म काठमाडौँ उपत्यकामा मात्रै सवारी दुुर्घटनामा परी ७६ जनाको मृत्यु भएको महानगरी ट्राफिक प्रहरी महाशाखाको तथ्यांक रहेको छ।

प्रकाशित: ३ पुस २०७६ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App