१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गुणस्तरहीन काममै ६१ लाख रुपैयाँ भुक्तानी

सिँचाइ कुलोमा प्रयोग गरिएको गुणस्तरहीन बालुृवा र बनेको गुणस्तरहीन संरचना देखाउदै उपभोक्ता।

रामेछाप - जिल्लाको मन्थली नगरपालिका ११ पन्थलीमा निर्माणाधिन तामाकोशी सिँचाइ आयोजनामा निर्माणको काम गुणस्तरहीन भएको उपभोक्ताहरुले गुनासो गरेका छन्। संघिय सरकार अन्तर्गतका सिँचाइ विभागबाट प्राप्त बजेटबाट सञ्चालन भएको उक्त सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएता पनि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मन्थलीबाट ठेकेदारले भने ६० लाख ८४ हजार रुपैयाँको भुक्तानी लिई सकेका छन्।

२ करोड ९८ लाख ९ सयमा टेण्डर आव्हान गरिएको उक्त सिँचाइ योजना राम्चे सिद्धगढी निर्माण सेवा प्रालिले सबैभन्दा १ करोड ३५ लाख ४७ हजार ३ सय ८४ रुपैयाँमा काम सक्ने गरी टेण्डर हालेको उक्त निर्माण सेवालाई ठेक्का स्वीकृत गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मन्थली जनाएको छ। करिब ५ किलो मिटर सिँचाइ कुलो २०७६ असोज मसान्तसम्म सम्पन्न गरि सक्ने गरी ठेकेदार कम्पनीसँग २०७५ असार २९ गते सम्झौता भएको डिभिजन कार्यालय मन्थलीले जनाएको छ।

क्रमागत रुपमा काम गर्ने गरी बजेट प्राप्त भएको उक्त सिँचाइ योजनाको कामका लागि २ आर्थिक वर्षमा कामको मूल्यांकन गरी ६१ लाख भुक्तानी ठेकेदारले लिई सकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मन्थलीले जनाएको छ। थप बजेट आउने र योजना सम्पन्न गर्न म्याद गुज्रिएकाले थप्ने काम भइरहेको कार्यालयले जनाएको छ।

सिँचाइ योजनाको काम चलिरहदा कुलोबाट लाभान्वित हुने केही उपभोक्ताहरुले कुलो निर्माणको काममा लापरवाही भएको बताएका छन्। ठेकदार मार्फत निर्माण हुने उक्त कुलोमा केके र कस्ताकस्ता संरचना बन्छन साथै के कति कामहरु कसरी हुन्छ कुनै जनकारी नभएको उपभोक्ता समितिकी अध्यक्ष सविता खत्रीले बताइन। उनले भनिन् 'सबैले अध्यक्षमा बस भने बसी दिए केके गर्नुपर्छ केही थाहा छैन। बेलाबेलामा काम भएको बेला गएर हेरेका छौ काम भएको छ, गुणस्तर त कसरी जान्नु।' आखामा छारो हाले झै कुलामा काम हुँदा पनि गुणस्तरकाबारेमा बोल्ने कोही भएनन् उपभोक्ता टंक प्रासद घिमिरेले बताए।

काम गर्ने बेलामा प्राविधिक हुँदैन त डिजाइन इष्टिमेट काम गर्ने मान्छेलाई दिइएको छ हचुवाका भरमा काम गरेर कुलो नै बिगार्ने काम भयो घिमिरेले बताए। समितिमा कोको छ, योजनामा कसकसको जिम्मेवारी केही थाहा नपाएको उनले बताए। खोलाको पांगो मिसिएको बालुवा प्रयोग गर्ने र सिमेन्ट कम मात्रामा प्रयोग गरेर गुणस्तरहीन काम भइरहेको उनको भनाइ छ। तेत्रो योजनामा प्राविधिक विना नै काम हुँदा गुणस्तर कस्तो हुन्छ सबैले अनुमान लगाउन सकिने विषय भएको सम्झना घिमिरे बताउँछिन्।

उपभोक्ता समितिले सब ओभरसियर भएका कारण काम हेर्नु भनेर सुरुमा राखेपछि उनलाई पर्देैन भनेर हटाएको सम्झना बताउँछिन्। सुरुमा आफुले राम्रो काम गराएको कामको गुणस्तर कायम गर्न खोज्दा जिम्मेवारीबाट हटाएको उनले बताइन्। योजनाको काम गुणस्तरको बारेमा बोलिरहदा आज काम छैन भन्दै समितिका केही मान्छे र  ठेकेदारका काम गर्ने मान्छे मिलेर काम बढाएको उनले बताइन्।

यता डिभिजनका कर्मचारी गएर काम अहिले नबढाउनु सल्लाह गरेर काम गर्नुपर्छ भनेर फर्किएको भएता पनि काम भने निरन्तर अघि बढेको थियो। हामीले काम नबढाउनु भनेका थियौ तर कसरी काम बढाए थाहा नभएको डिभिजन कार्यालयका सब इन्जिनियर विकास लाभले बताए। उपभोक्ताले समस्याको विषयमा आफूहरुलाई नभनेको डिभिजन कार्यलयकाका प्राविधिकहरु बताउँछन्।

समितिले समेत केही जानकारी नगराएको कार्यालयले जनाएको छ। हामीसँग नै कार्यालयका कर्मचारीको अभाव छ, सिमित कर्मचारीले सबैतिर हेर्नु पर्दा केही समस्या भएको कार्यालयले जनाएको छ। गुणस्तर र सामग्रीको प्रयोगमा समितिले चासो राख्नु पर्ने निमित्त प्रमुखले बताए। यता स्थानीय सुन्दर घिमिरे काममा पूर्ण लापरवाही भएको र सबैको मिलेमत्तोमा बजेटमा चलखेल भएकोले कामको गुणस्तरमा चासो नराखिएको आरोप लगाए।

गुणस्तरहीन कामप्रति उपभोक्ता समिति, ठेकेदार र सम्बन्धित कार्यालयका प्राविधकि जिम्मेवार हुनु पर्ने घिमिरे बताउँछन्। प्राविधिक विना काम हुनु, कामदार दक्ष नभइ हचुवामा काम गर्ने हुनु, निर्माण सामग्रीको अनुपात नमिल्नु आदिले आर्थिक अनियमितताका लागि मिलेमतो भएको घिमिरेको आरोप छ। सिँचाइ योजनामा कमी कमजोरी भएको भए त्यसलाई सुधार गर्ने डिजाइन अनुसारको काम हुने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मन्थलीका निमित्त प्रमुख दिवाकर प्रसादले बताए।
 

 

प्रकाशित: २ पुस २०७६ १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App