१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिसी क्यामेराको नियन्त्रण गर्न प्रहरी चौकीमा सञ्चार कक्ष

प्रहरी कार्यालय परिसरमा निर्माण गरिएको सञ्चार कक्ष, सञ्चार कक्षमा सिसी क्यामेराले कैद गरेको दृश्य नियाल्दै।

दुलेगौँडा(तनहुँ)- शुक्लागण्डकी नगरपालिकाले बजार र राजमार्ग क्षेत्रमा जडान गरेको सिसी क्यामेराको नियन्त्रण गर्न सञ्चार कक्ष निर्माण गरिएको छ। ईलाका प्रहरी कार्यालय बेलचौतारामा निर्मित दुई कोठे कक्षको शनिबार मेयर किसान गुरुङले उद्घाटन गरे।

उनले जनताको सुरक्षार्थ सिसी क्यामेरा जडान गरिएको बताए। ‘प्रहरीमा जनशक्ति अभाव भएपनि नागरिकको सुरक्षामा संवेदनशिल भएर लाग्नुपर्छ’, उनले भने, ‘अपराधिक क्रियाकलाप नियन्त्रणमा सीसी क्यामेराले सघाएको छ।’ उनले नगरका धार्मिक तथा पर्यटकिय क्षेत्रमा थप क्यामेरा जडान गर्ने योजना सुनाए।

नगरपालिकाले उद्योग वाणिज्य संघ, वडा कार्यलय, सुर्य नेपाललगायतका विभिन्न संस्थाहरुको सहकार्यमा २० वटा क्यामेरा जडान गरेको छ। यहाँको कोत्रेदेखि शेराटारसम्म पृथ्विराजमार्ग क्षेत्रमा क्यामेरा जडान गरिएको छ। खैरेनीटार बजार, दुलेगौँडा बजार, ढोरफिर्दीलगायतका स्थानमा  २० लाख रुपैयाँ खर्चिएर क्यामेरा राखिएको हो।

क्यामेराको नियन्त्रण ईलाका प्रहरी कार्यायल बेलचौताराबाट गरिन्छ। सञ्चार कक्षको अभाव भएपछि नगरपालिका र प्रहरी कार्यालयको सहकार्यमा नयाँ भवन निर्माण गरिएको प्रहरी निरीक्षक सरोज गिरीले बताए। नगरपालिकाले तीन लाख ६८ हजार र प्रहरी कार्यालयले एक लाख ५० हजार रुपैयाँ लगानी गरेका हुन्। सिसी क्यामेरा जडान गरेपछि राजमार्गमा हुने सडक दुर्घटना र अपराधिक क्रियाकलापमा कमी आएको गिरीले बताए।

 

प्रकाशित: २८ मंसिर २०७६ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App