१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

केन्द्रीय संसद् २४० सिटकै’

काठमाडौं— प्रमुख तीन राजनीतिक दलले केन्द्रीय संसद् (प्रतिनिधिसभा) को चुनाव पुरानै निर्वाचन क्षेत्र (२४० सिट) अनुसार गर्नेबारे आन्तरिक छलफल सुरु गरेका छन्।

संविधान संशोधनसहितका विषयमा प्याकेजमै सहमतिका लागि सक्रिय प्रमुख दलका दोस्रो तहका नेता निर्वाचनका लागि क्षेत्र निर्धारण अर्को विवादको विषय हुने भन्दै हाललाई पुरानै संरचनाअनुसार अघि बढ्ने गृहकार्यमा जुटेका हुन्।

मधेसकेन्द्रित दल पनि पुरानै (२४०) निर्वाचन क्षेत्रका पक्षमा देखिएपछि नेपाली कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका नेता पनि सकारात्मक देखिएका हुन्। संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव पारित गर्नुअघि प्रस्ताव परिमार्जन गर्नुपर्ने माग सबै पक्षबाट उठिरहेका बेला प्रमुख दलका नेताले त्यसलाई पनि समेट्ने गरी छलफल अघि बढाएका हुन्।

पछिल्लो राजनीतिक विकास क्रमबारे जानकार नेताले स्थानीय निकाय निर्वाचन पुरानै संरचनाअनुसार गर्ने हो भने पनि मधेसी मोर्चाका केही नेताले प्रतिनिधिसभाको निर्वाचन पनि २ सय ४० वटै हुनुपर्ने प्रस्ताव गरेका छन्।

बाहिरभन्दा अलोकप्रिय हुने डरका कारण दलहरुका नेताले मूल खोल्न सकेका छैनन्,’ स्रोतले भन्यो, ‘अहिले प्रमुख दलबीच पुरानै संख्यामा निर्वाचन गराउने विषयमा छलफल जारी छ।’

हाल तोकिएको १ सय ६५ सिट कायम गर्दा नेतृत्व व्यवस्थापन समस्या हुने र निर्वाचन क्षेत्र निर्धारणसमेत जटिल बन्ने देखिएकाले अन्य दल पनि यो विषयमा सकारात्मक रहेको स्रोतले जनायो।

प्रतिनिधिसभाको आकार ठूलो भन्दै आलोचना हुन थालेपछि संविधान जारी गर्ने समयमा यसको आकार घटाउन प्रमुख दल तयार भएका थिए। हाल प्रतिनिधिसभामा १ सय ६५ सिट प्रत्यक्ष र १ सय १० जना समानुपातिकबाट निर्वाचित हुने गरी व्यवस्था गरिएको छ।

मधेस आन्दोलनका माग सम्बोधन गर्न जनसख्ंयाका आधारमा निर्वाचन क्षेत्र २ सय ५ स्थानबाट २ सय ४० सिट पुगेको थियो।

पहाडमा सिट नघट्ने तर मधेसमा बढेको जनसंख्याअनुसार निर्धारण गर्दा संख्या बढेको थियो। जसअनुसार पहाड र उपत्यकामा १ सय २४ र तराईका २० जिल्लामा १ सय १६ स्थान निर्धारण गरिएको थियो।

प्रकाशित: २९ मंसिर २०७३ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App