१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पाँच जनाको हत्यामा संलग्न अभियुक्त पक्राउ

बुटवल—चाडपर्वको बेला महिला र बृद्धबृद्धालाई लक्षित गरी डकैती गर्ने क्रममा पाँच जनाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।

सर्लाही  सुन्दरपुर चौराहा गाविस वडा नम्बर ८ पिपराभिट्टा बस्ने ६० वर्षीय चनरु पासवानलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी  दिए।

पासवान सहितको समुहले बुटवल र आसपासको क्षेत्रमा बृद्धबृद्धा,सुत्केरी महिला र एकल महिला सुतेको कोठालाई लक्षित गरी आक्रमण गर्दै आएको थियो। फलामको वजनदार  हतियारले टाउकोमा प्रहार गरी ढलाएपछि गरगहना, नगद र मोवाइल चोरी गर्ने प्रवृत्ति देखिएको थियो।

पासवान सहितको समुहले बुटवल र आसपासको क्षेत्रमा पाँच वर्षयता तीजदेखि तिहारसम्मको समयमा रातिको समयमा घरका परिवारका अन्य सदस्य सुतेको कोठाको बाहिर चुकुल लगाइदिएर बृद्धबृद्धा,सुत्केरी महिला र एकल महिला सुतेको कोठालाई लक्षित गरी आक्रमण गर्दै आएको थियो । फलामको वजनदार  हतियारले टाउकोमा प्रहार गरी ढलाएपछि गरगहना, नगद र मोवाइल चोरी गरेको डिएसपी मरासिनीले बताए ।

पासवानको समुहले डकैतीका लागि हत्या गरेकामा २०६८ साल कार्तिक १३ गते तिलोत्तमा नगरपालिका—५ कि ७५ वर्षीय नेत्रकुमारी बस्नेत, रुद्रपुर गाविस—९ प्रतापपुर बस्ने चन्द्रबहादुर कुँवरको २०७१ असोज १३ गते, देवदह नगरपालिका—८ बस्ने ९२ वर्षीय चन्द्रकला  सापकोटाको गत कार्तिक २ गते, रुद्रपुर गाविस वडा नम्बर ५ चापा बस्ने ३२ वर्षीया रनमाया पुनको भदौ १८ गते र देवदह—२ बस्ने २१ वर्षीया नमकला पाण्डेको कार्तिक १२ गते आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मरासिनीले जानकारी दिए।

उनीहरुले आक्रमण गरी घाइते बनाएपछि धनमाल लुटेको र घाइतेहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।  पासवानको समुहका अन्य केहीको पहिचान भइसकेको र खोजी तीब्र पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रविन्द्र धानुकले बताए ।

पक्राउ परेका पासवानले रुपन्देहीका अन्य १५ ठाउँमा भएको लुटपाटमा संलग्न भएको समेत स्विकार गरेका छन् । प्रहरीले पासवानबाट चोरी गरेका तीन थान मोबाइल, वारदातमा प्रयोग गर्ने फलामको औजार र औजार बोक्ने झोला र एक तोला १० लाल सुन बरामद गरेको जानकारी दिएको छ।

प्रकाशित: २८ मंसिर २०७३ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App