१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

गौरिकाको नयाँ राष्ट्रिय कीर्तिमान

फाइल फोटो

ललितपुर– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडिको दोस्रो दिन पौडीबाज गौरिका सिंहले आफ्नो नाममा रहेको कीर्तिमानलाई सुधार गरेकी छिन्। 

सातदोबाटो स्थित हिटिङ पौडि पोखरमा शुक्रबार भएको २ सय मिटर ब्याक स्टोकमा गोरिकाले नयाँ किर्तिमान रच्न सफल भएकी हुन्। गौरिकाले शुक्रबार बिहान भएको हिट चरणको खेलमा निर्धारित दूरी २ मिनेट ३४.२५ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्।

यस अघि गौरिकाले नेपालगञ्जमा सम्पन्न ८औं राष्ट्रिय खेलकुद प्रतियोगितामा २ मिनेट ४१.२५ सेकेन्डमा दूरी पूरा गर्दै कीर्तिमान बनाएकी थिइन्। 

कीर्तिमान बनाएकी गौरिकाले २ सय मिटर ब्याक स्टोकमा शुक्रबारै साझ ४ बजे पछि स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछिन्। उनीसँगै सोही स्पर्धामा अन्य ७ प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्नेछन्। 

साग खेलकुद अन्तर्गत पौडि इतिहासमा व्यक्तिगत स्पर्धामा बिहीबार २ सय मिटर फ्रि–स्टाईलमा सहभागित अन्य ६ देशका प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण पदक जित्न सफल भएकी थिइन्।

जुन पौडि इतिहासमा नेपालका लागि पहिलो व्यक्तिगत स्पर्धामा पहिलो स्वर्ण थियो। यस अघि नेपालले १९९९ मा काठमाडौंमा सम्पन्न ८औं सागमा रिले तर्फ स्वर्ण  पदक जित्न सफल भएको थियो। उक्त संस्करणमा नेपाल भन्दा माथि रहेका प्रतिस्पर्धी अयोग्य भएपछि नेपाललाई स्वर्ण पदकको नतिजा हात लागेको थियो। 

यस्तै शुक्रबारै सम्पन्न ५० मिटर फ्रि–स्टाईलमा नेपालका एलेक्स शाहले पनि आफ्नो कीर्तिमानमा सुधार गरेका छन्। निर्धारित दुरी २४.३९ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान रच्न सफल भएका हुन्।

यस अघि एलेक्सले पनि नेपालगञ्जमा सम्पन्न ८औं राष्ट्रिय खेलकुदमा २५.०६ सेकेन्डमा दुरी पार गर्दै कीर्तिमान बनाएका थिए। एलेक्सले शुक्रबार ५० मिटर फ्रि–स्टाईलमा अन्य ७ प्रतिस्पर्धी भिड्नेछन्।

शुक्रबार दोस्रो दिन पौडिमा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ। फाइनल चरणका खेल साँझ ४ बजे पछि हुनेछन्।

प्रकाशित: २० मंसिर २०७६ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App