२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

१३ औं साग : ३१ स्वर्णको कीर्तिमान बराबरी

काठमाडौं- दक्षिण एसियाली खेलकुद सागमा सफल आठौं संस्करणको ३१ स्वर्णको कीर्तिमान बिहीबार बराबरी भएको छ।  नेपालमा जारी १३ औ सागमा नेपालले बिहीबार दुई स्वर्ण थप्दै तालिकामा ३१ औं स्वर्ण पुर्‍याउँदा नेपालको कीर्तिमानी साग इतिहासमा बराबरी भएको हो।

यस अघि २०१६ मा स्वर्ण पदक जितेकी उसुकी निमा घर्ती मगर र साइक्लिङका लक्ष्मी मगरले स्वर्ण जितेपछि १३ औं सागमा नेपालको स्वर्ण संख्या ३१ पुगेको छ। जुन साग इतिहासमा सन् १९९९ मा जितेको सर्वाधिक ३१ स्वर्ण सँग बराबरी भएको हो। नेपालले यसअघि सन् १९९९ मा नेपालमै आयोजना गरेको आठौं सागमा भारत पहिलो भएको थियो। तेस्रो पटक घरेलु भूमिमै आयोजना भइरहेको सागमा नेपालले ३१ स्वर्ण जित्दै आठौं संस्करणको कीर्तिमान बराबरी गरिसकेको छ।

१३ औं साग भर्खर पाँचौ दिनमा चल्दैछ। अझै ५ दिनको खेल हुन बाँकी छ। यस पटक नेपालले ५० स्वर्ण जित्ने लक्ष्य राखेको छ। नेपालले यस पटक १९९९ को कीर्तिमान तोड्ने पक्का छ तर यस अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवले उद्घोष गरेको ५० स्वर्ण जित्छ कि जित्दैन हेर्न बाँकी छ। १३ औं सागमा नेपालले दोस्रो दिन सर्वाधिक १५ स्वर्ण जितेको थियो। तेस्रो दिन नेपालले ८ र र चौथो दिन ६ स्वर्ण जितेको थियो। आज बिहीवार नेपालले अझै तेक्वान्दोमा ६ स्वर्णका लागि खेल्दैछ भने पौडीमा पनि बिहीबारै ८ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ। यस्तै उसुको सान्डातर्फ नेपाल पाँच स्पर्धाको फाइनलमा प्रवेश गरिसकेको छ।

प्रकाशित: १९ मंसिर २०७६ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App