१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङ सदरमुकामस्थित होटलमा एक पुरुष मृत फेला

ताप्लेजुङ - सदरमुकाम फुङ्लिङको तोक्मेस्थित तागेरा होटलमा एक पुरुष मृत भेटिएका छन्। मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं ९ बस्ने ३६ वर्षिय भीमकुमार मादेन लिम्बू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार ताप्लेजुङ घुम्न आएका उनी गर्न कोठामा छिरेका थिए। होटलमा खाना पकाउन लगाएका उनी खाना समेत नआएका कारण बोलाउन जाँदा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले घटनाका बारेमा अनुसन्धान जारी रहेको र शव पोस्टमार्टमपछि आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिए।

प्रकाशित: १९ मंसिर २०७६ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App