१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रीमानले अस्पतालमा छाडेर भागेपछि मृत महिलाको शव ससुराले बुझे

उदयपुर– सुत्केरी गराउन ल्याउँदा मृत्यु भएकी एक गर्भवती महिलाको शव चार दिनपछि आफन्तले बुझेका छन्। सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना गरेलगत्तै सम्पर्कविहीन भएका श्रीमान अहिलेसम्म अस्पताल नआएपछि मृत बुहारी सरिस्मा बुढाथोकीको शव ससुराले बुझेको अस्पतालले जनाएको छ।

आइतबारदेखि बेवारिसे रुपमा अस्पतालमा राखिएको शव मंगलबार साँझ ससुरा अमृतबहादुर बुढाथोकीले बुझेको अस्पतालले जनाएको छ। स्थायी ठेगाना उदयपुरगढी गाउँपालिका–९ भए पनि अस्पतालको पुर्जीमा त्रियुगा नगरपालिका–३ भनेर लेखिएको तथा श्रीमती भर्ना गरेर निस्केका प्रेम बुढाथोकी सम्पर्कमा नआएपछि बेवारिसे अवस्थामा रहेको शव अमृतको जिम्मा लगाइएको हो।

त्रियुगा १२ डिएमगेटमा डेरा लिएर बस्दै आएका बुढाथोकी दम्पतिको ठेगाना जिल्ला अस्पतालमा भर्ना गरेको पुर्जीमा त्रिनपा–३ लेखिएको थियो भने त्यसअघि असोज पहिलो साता गाईघाटस्थित सिभिल अस्पतालमा गर्भ जाँच गराउँदा उदयपुरगढी लेखिएको पुर्जीमा उल्लेख छ।

त्यस्तै साउन पहिलो साता खोटाङको बुईपा स्वास्थ्य चौकीमा गर्भ जाँच गराउँदा सरिस्मा आचार्य र भदौमा दिक्तेलस्थित जिल्ला अस्पतालमा गर्भजाँच गराउँदाको पुर्जीमा सरिस्मा बुढाथोकी उल्लेख भएको अस्पतालकी प्रसुति विभागमा कार्यरत स्टाफ नर्स छवित्रा राईले बताएकी छिन्।

मृत महिलालाई छाडेर श्रीमान सम्पर्कविहीन हुनु तथा पुर्जीमा फरक फरक ठेगाना र जात भएका कारण महिलाको शव ५ दिनसम्म बेवारिसे रहेपछि प्रहरीलाई खबर गरेर स्थायी ठेगानाको खोजी भईरहेको थियो। खोजीको क्रममा श्रीमान सम्पर्कमा नआए पनि ससुरा पत्ता लगाएर शव जिम्मा दिइएको प्रहरी भनाई छ।

प्रकाशित: १८ मंसिर २०७६ १३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App